साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्?
साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्?
बझाङ : साईपाल गाउँपालिकामा सम्पन्न हुँदै गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक विवादका कारण चर्चा केन्द्रमा रह्यो। यो विवादले केवल खेलकुदको माहोललाई मात्र बिगारेन साईपाल गाउँपालिकाको विकास र एकतालाई समेत धक्का दियो। यस विवादका केन्द्रमा रहेका छन् साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामी।
धामीले खेलकुदजस्तो सकारात्मक गतिविधिलाई आफ्नो व्यक्तिगत गुनासो र राजनीतिक स्वार्थका लागि प्रयोग गरेर प्रतियोगितामा अवरोध पुर्याए। तर यो पहिलोपटक भने होइन। राजेन्द्र धामीको राजनीतिक जीवन अनियमितता, विवाद, र काण्डले भरिएको छ।
राजेन्द्र धामी २०७४ मा नेपाली कांग्रेसबाट साईपाल गाउँपालिकाको पहिलो अध्यक्ष निर्वाचित भए। तर उनको नेतृत्वको सुरुवातदेखि नै अनियमितताको आरोप लाग्दै आएको छ। बझाङ जिल्लामै ...

