Advertisement

Day: २०८१ पुष १३, शनिबार १८:५५

कैलालीको चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

कैलालीको चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

समाचार
कैलालीको कर्णाली–चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विशेष समारोहबीच गरेकी छन्। लम्की–चुहाँ नगरपालिका–३ स्थित आयोजनास्थलमा ३.१ किलोमिटर लामो केबलकार निर्माण कार्यको उद्घाटन गर्दै उनले यस परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताइन्। परराष्ट्र मन्त्री देउवाले सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा, र जैविक विविधतामा धनी रहेको उल्लेख गर्दै केवलकार परियोजनाले समग्र समृद्धिमा टेवा पुग्ने बताइन्। आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको औंल्याउँदै उनले प्रदेशमा पर्यटन पूर्वाधारको विकासमा थप लगानीको आवश्यकता रहेको बताइन्। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले यस्ता परियोजनामा निजी क्षेत्रको संलग्नतालाई अपरिहार्य मान्दै स्वदेशी स्रोतको ...
आरजु राणाको घोषणा: आगामी चुनाव कैलालीबाटै लड्ने

आरजु राणाको घोषणा: आगामी चुनाव कैलालीबाटै लड्ने

समाचार
धनगढी — परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आगामी निर्वाचनमा पुनः कैलालीबाटै उम्मेदवारी दिने घोषणा गरेकी छिन्। शनिबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसअघि चुनावमा पराजित भए पनि पुनः यही क्षेत्रबाट चुनाव लड्ने आफ्नो योजना रहेको स्पष्ट गरिन्। “पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,” उनले भनिन्। उनले पार्टीभित्र एकताको खाँचो औंल्याउँदै व्यक्तिगत स्वार्थका लागि राजनीति गर्न नहुने धारणा व्यक्त गरिन्। “सानो बच्चा जस्तो झगडा गरिरहेका छौं हामी। यस्तो कुरा राजनीतिक चरित्र होइन,” उनले कार्यकर्ताहरूलाई सम्झाउँदै भनिन्। उनको यस घोषणाले कांग्रेस पार्टीभित्र नयाँ उत्साह र बहस सिर्जना गरेको छ। यस क्षेत्रका अन्य दलहरूसँगको प्रतिस्पर्धा र स्थानीय कार्यकर्ताको समर्थन आगामी निर...
बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

बझाङका लक्ष्मण ओझालाई सहयोग: मलम पट्टी परिवारद्वारा  अभियान सफल

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका लक्ष्मण ओझा, जो शारीरिक रूपमा अशक्त हुनुहुन्छ, उहाँको लागि मलम पट्टी परिवारद्वारा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। भारतमा कामका लागि गएका ओझाको खुट्टा विविध कारणले त्यहीँ काट्नुपरेको थियो, जसका कारण उहाँ अशक्त हुनुहुन्छ। हाल ओझा आफ्नो गृहजिल्ला बझाङमै टिनको छानोमा बस्दै आउनुभएको छ। ओझालाई सहयोग पुर्‍याउन मलम पट्टी परिवारले विभिन्न सहयोगी मनका धनीहरूबाट रकम संकलन गरेको थियो। सहयोगदाताहरू र उनीहरूले दिएको रकम निम्नानुसार छ: 1. दीपक गिरी (गिठी पाटा): ₹510 2. हर्क प्रसाद बन (बगडगाउँ): ₹1010 3. अम्बि ओझा (मटेला): ₹1010 4. केदार वन (छन्ना): ₹510 5. केशव गिरी (बुगल): ₹505 6. देवीलाल गिरी (गिठीपाटा): ₹505 7. लक्ष्मण गिरी: ₹505 8. कमल गिरी: ₹515 9. राम प्रकाश गिरी: ₹521 10. धर्मराज गिरी (धुर्मुस): ₹505 11. गोकर्ण भारती (बिन्दास): ₹521 12. शमशेर कडायत: ₹551 13. स...
प्रधानमन्त्री ओलीलाई बझाङ एमालेले बुझायो ११ बुँदे माग (पत्रसहित)

प्रधानमन्त्री ओलीलाई बझाङ एमालेले बुझायो ११ बुँदे माग (पत्रसहित)

समाचार
नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे माग पत्र बुझाएको छ । शुक्रबार बालुवाटार पुगेर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महर, सुदुरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारी, प्रदेश कमिटी सदस्य जनक जोशी, सारदा विक, दल बहादुर धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारी, उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा,उपसचिव पंकज भण्डारी, नेकपा एमाले जिल्ला कमिटी बझाङका निवर्तमान सचिव आनन्दलाल विस्वकर्मा लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई ११ बुँदे माग पत्र बुझाएको हो । बझाङ जिल्लाको पुर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजनाहरु छनौट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए । मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज