Advertisement

Day: २०८१ पुष ९, मंगलवार १९:२८

डीडीए महानिर्देशक ढकालको  संयोजकत्व  जेनेरिकमा औषधी सिफारिस सुझाव समिति

डीडीए महानिर्देशक ढकालको संयोजकत्व जेनेरिकमा औषधी सिफारिस सुझाव समिति

समाचार
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधीको जेनेरिकमा प्रेस्क्रिप्सन गर्ने विषयमा अध्ययन गरेर  सुझाव दिन समिति गठन गरेका छन्। अहिले चिकित्सकले  ब्राण्ड नाममा औषधी सिफारिस गर्ने  गरेका छन्। समितिको संयोजक औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्ल, नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सहित ५ सदस्यीय सुझाव समिति बनाइएको छ। गुणस्तर मापन तथा नियमन महाशाखाकी वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ।...
बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

बाजुरा: खप्तड छेडेदह गाउँपालिका ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन, सेवाग्राहीको कामकाज ठप्प

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुराको खप्तड छेडेदह गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म नयाँ अधिकृत नियुक्त नहुँदा गाउँपालिकामा दैनिक प्रशासनिक तथा विकास निर्माणका काम ठप्प भएका छन्।   गाउँपालिकामा सेवा लिन आउने स्थानीयहरू सास्ती खेप्न बाध्य भएका छन्। सरकारी प्रमाणपत्र, योजनाको सम्झौता, आर्थिक कारोबार, अनुदान वितरण, र अन्य प्रशासनिक सेवाका लागि आउने सेवाग्राहीहरूलाई दिनहुँजसो फर्किनु परेको छ। जनप्रतिनिधि र निमित्त अधिकृतबाट मात्रै कामकाज सम्भव नभएपछि सेवाग्राहीहरूले गाउँपालिकाको अकर्मण्यताप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।   ७ महिनामै विवादमा पाध्याय, विनासूचना काठमाडौं प्रस्थान   २०८० माघ महिनामा खप्तड छेडेदहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका पाध्यायको कार्यकाल विवादास्पद रह्यो। गाउँपालिकाका ...
बाजुराको गौमुल गाउँपालिकामा दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु

बाजुराको गौमुल गाउँपालिकामा दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा – गाउँपालिकाको विकासलाई तीव्रता दिन र जनताको आवश्यकता सम्बोधन गर्न गौमुल गाउँपालिकाले दोस्रो गाउँसभाको छैटौं अधिवेशन सुरु गरेको छ। यस अधिवेशनले गाउँपालिकाको वार्षिक प्रगतिसमीक्षा, आगामी योजना तथा बजेट तर्जुमा लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्नेछ। गाउँपालिका अध्यक्षको अध्यक्षतामा सुरु भएको अधिवेशनमा उपाध्यक्ष, वडा अध्यक्षहरू, सदस्यहरू, स्थानीय प्रतिनिधिहरू, र सरोकारवालाहरूको उपस्थितिले गाउँपालिकाको विकासमा स्थानीय नेतृत्वको प्रतिबद्धता झल्काएको छ। अधिवेशनमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, र रोजगारी जस्ता प्राथमिकता प्राप्त क्षेत्रका योजनाहरूमा विशेष छलफल हुने अपेक्षा गरिएको छ। यस अधिवेशनले गाउँपालिकाको वार्षिक बजेटको कार्यान्वयन अवस्था, चालु योजनाको प्रगति, र आगामी वर्षका प्राथमिकता निर्धारण गर्नेछ। जनताको आवश्यकता र मागलाई मध्यनजर गर्दै स्थानीयस्तरमा प्रभावकारी योजनाहरू...
सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

सत्यवादी माध्यामिक विद्यालयकाे ११९ औँ बार्षिक उत्सव कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : सत्यवादी माध्यमिक विद्यालय बझाङकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भएको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सबैभन्दा पुरानाे सत्यवादी माध्यामिक विद्यालयकाे ११९ अाैँ बार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सञ्चालन भएको हाे । विद्यालयले विभिन्न कार्यक्रम गर्दै आज आफ्नै प्राङ्गणमामा कार्यक्रम सञ्चालन गरेकाे थियाे । बार्षिक समिक्षा सँगै सँगसँगै विद्यालयकाे प्रगति बारे विद्यालयका प्रधानाध्यापक खगेन्द्र जाेशीले प्रस्तुत गर्नु भएको थियाे । पछिल्लो समय विद्यालयमा नरेन्द्र खड्का सर्वहाराकाे विव्यस अध्यक्ष नयाँ नेतृत्व आएसँगै भाैतिक बिकास र आर्थिक बिकासमा समृद्धि भएको पाईन्छ भने गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई तिव्ररुपमा अगाडि सारिएको छ । शिक्षामा सुधार हुँदै आएको यस विद्यालयमाकाे बार्षिक उत्सव कार्यक्रमकाे विव्यस अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका...
चैतन्य पाठशालाद्वारा बझाङको सत्यवादीलाइ प्रिन्टर हस्तान्तरण

चैतन्य पाठशालाद्वारा बझाङको सत्यवादीलाइ प्रिन्टर हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको सत्यवादी माध्यामिक विद्यालय लाई रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको छ । सत्यवादी माध्यामिक विद्यालयकाे बार्षिक उत्सव कार्यक्रममा उपस्थिति हुँदै चैतन्य पाठशालाका प्रमुख ईश्वरी गिरीले अध्यक्ष नरेन्द्र खड्का लाई विभिन्न सामाग्री उपलब्ध गराउनु भएको हाे । गुणस्तरीय शिक्षा आजकाे आवश्यकता लाई मध्यनजर गर्दै भाेपुर बाट प्रिन्ट गर्न चैनपुर आउनु पर्ने बाध्यताकाे अनत्य गर्न प्रिन्टर सहित पाेशाक किताब उपलब्ध गराउनु भएको थियाे । यसरी चैतन्य पाठशालाले दुर्गम बझाङमा रहेको सत्यवादी माध्यामिक विद्यालयलाई सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा सहकार्य सहअस्तित्व गर्दै अगाडि बढ्ने प्रधानाध्यापक खगेन्द्र जाेशीले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज