Advertisement

Day: २०८१ पुष ८, सोमबार ११:४९

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

धनगढीमा चारवटा पसलमा आगलागी हुँदा सवा करोडको क्षति

समाचार
धनगढीः कैलालीको धनगढीमा चार पसलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–४ मा आइतबार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का अनुसार समिर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यूलब्ली टेलर्स र श्रीकृष्ण इन्टरप्राइजेजमा आगलागी भएको हो। प्रहरी निरीक्षक खड्काका अनुसार मोबाइल ग्यालरीमा १० लाख, अर्जुन आर्टमा ९ लाख, लब्ली टेलर्समा पाँच लाख र श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोड बढीको क्षति भएको छ। विद्युतको तार सर्ट भएर मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको उनले बताए। धनगढी उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।...
धनगढीमा अबैध काठसहित ४ जना पक्राउ

धनगढीमा अबैध काठसहित ४ जना पक्राउ

समाचार
धनगढीः कैलालीको धनगढीमा अबैध काठसहित ४ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१६ भादाको श्री गणेश सामुदायिक वनबाट सोही ठाउँ बस्ने ३० वर्षीय अयोध्या प्रशाद चौधरी, ३० वर्षकै रामबहादुर साउँद, ४५ वर्षीय राम कुमार चौधरी र ५० वर्षीय धनीराम चौधरी पक्राउ परेका हुन्। चारै जनालाई गोरू गाडा (डल्लब)मा काठ लोड गरी रहेको अबस्थामा साल जातको काठको गोलिया थान–३ (३२ क्युफिट) अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारी नियन्त्रणमा लिएको हो। उक्त काठसहित गोरु गाडा र चारैलाई आवश्यक कारवाहीको लागि सव वन डिभिजन कार्यालय फुलवारीलाई बुझाएको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज