Advertisement

Day: २०८१ पुष ६, शनिबार १७:२२

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

समाचार
कीर्तिपुर क्रिकेट मैदानमा उपस्थित १२ हजार बढी समर्थकका माझ सम्पन्न फाइनल खेलमा चार बल बाँकी छँदै १८५ रनको लक्ष्य पूरा गरेर जनकपुरले पहिलो संस्करणको एनपीएल उपाधि जितेको हो। जितसँगै जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग लीग चरण र क्वालिफायर एकमा भोगेका हारको सुखद् बदला लिन सफल भएको छ। जनकपुरको यो जित यस्तो खेलमा आयो जतिखेर टोलीले उपाधि पनि चुम्न सफल भयो। जनकपुरका लागि उत्कृष्ट ब्याटिङ गरेका ओपनर लाहिरु मिलान्थाले ८७ रन जोडेर टोलीको जित सहज बनाएका थिए। विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ। फाइनलसम्मको यात्रा फाइनलमा पराजित सुदूरपश्चिमले लीग चरणको सातमध्ये छ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेर क्वालिफायर खेलेको थियो। उसले एक मात्र खेल चितवन राइनोजविरुद्ध गुमाएको थियो। टोलीले जनकपुरलाई ५...
नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

Breaking News 2, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ । सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो । फाइनल खेल अघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । यस्तै जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्ने दाबी गरेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एनपीएलको आयोजना गरेको हो । गएको मङ्सिर १५...
बाजुरा केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
६ पुस, बझाङ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्रसहित अरु ठाउँको अवस्था बुझ्न सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको थियो । सुदूरपश्चिममा केहि दिन यता लगातार भूकम्प गइरहेको छ । केहि दिन अघि मात्रै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज