एकै दिनमा ५० किलो सुन बिक्री, पाँच वर्षयताकै उच्च कारोबार
सुन व्यवसायीहरू अहिले उत्साहित बनेका छन्। मंगलबार एकैदिन ५० किलो भन्दा बढीको सुनको बिक्री गरेपछि व्यवसायीहरू उत्साहित बनेका हुन्।
व्यवसायीहरूका अनुसार वर्षमा १० प्रतिशत बढी सुनको बिक्री धनतेरसको दिन हुने गरेको छ। धनतेरसको दिन घरमा सुन तथा चाँदी भित्र्याउने भन्दै सर्वसाधरणदेखि ठूला व्यापारीहरूले खरिद गर्ने गरेको कारण यस दिन बढी बिक्री हुने गर्छ।
कोभिडपछि (२०७६ पछि) भने धनतेरसको दिन पनि सुनको बिक्री अपेक्षित हुन सकेको थिएन। गत वर्षदेखि सुनको मूल्य अत्याधिक बढेको कारण पनि यो वर्ष धेरै कारोबार नहुने बुझाइ व्यापारीहरूको थियो। तर, यो वर्ष विगत ५ वर्ष यताकै उच्च बिक्री भएको दाबी व्यापारीहरूको छ।
‘सामान्य दिनमा अहिले सुनको बिक्री नै हुन छाडेको थियो, धनतेरसको दिन कारोबार बढेपनि धेरै हुँदैन भन्ने नै थियो, ’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने
६० वर्षदेखि ...



