दीपक मनाङेले छाडेको वन मन्त्रालय शेखर पक्षका पौडेललाई, आजै शपथ
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले छाडेको वन तथा वातावरण मन्त्रालय कांग्रेस सांसद भेषबहादुर पौडेलले पाउने भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई मन्त्री नियुक्त गर्न लागेको उनको सचिवालयले जनाएको छ।
लमजुङ प्रदेश सभा ‘क’ बाट निर्वाचित पौडेल कांग्रैसभित्र शेखर कोइराला–गगन थापा निकट छन्। नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
यसअघि उक्त मन्त्रालयमा मनाङबाट निर्विरोध निर्वाचित सांसद मनाङेलाई नियुक्त गरिएको थियो। मनाङेले उक्त मन्त्रालय ‘जुनियर’ भएकोले आफूले नलिने भन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए।
गण्डकीमा कांग्रेसका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्याउन मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र नेपाल समाजवादी पार्टीका स...





