Advertisement

Day: २०८१ कार्तिक १, बिहीबार १७:३७

इन्सपेक्टर र असईमा आवेदन दिएकाहरुले ७ दिनभित्र कागजात अद्यावधिक गर्नुपर्ने

इन्सपेक्टर र असईमा आवेदन दिएकाहरुले ७ दिनभित्र कागजात अद्यावधिक गर्नुपर्ने

समाचार
१ कात्तिक, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्नाका लागि आवेदन दिएकाहरुले ७ दिनभित्र कागजातहरु अद्यावधिक गर्नुपर्ने भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै आवश्यक कागजात ७ दिनभित्र अद्यावधिक गर्न भनेको छ । प्रहरीको जनपद समूहतर्फ खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने इन्सपेक्टर र असईको पदमा अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम (ओआरएमएस) को माध्यमबाट दरखास्त दिएकाहरु मध्ये केहीको आवश्यक कागजातहरु समेत नसमेटिएको पाइएकाले यस्तो सूचना जारी गरिएको हो । दरखास्तका लागि चाहिने आवश्यक कागजात नसमेटिएकाहरुको दरखास्तसमेत स्वीकृत हुन बाँकी रहेकाले ७ कात्तिकभित्र ओआरएमएस प्रणालीमा त्यस्ता कागजातहरु समावेश गर्न भनिएको छ । आवश्यक कागजात नपुगेका र अबको ७ दिनभित्र पनि अद्यावधिक गरी पुन आवश्यक कागजात नपठाइ...
आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेको विवरण माग

समाचार
काठमाडौँ —निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ । आयोगको बिहीबारको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरेको हो । ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला ...
सुदूरपश्चिममा निर्वाचन क्षेत्र हेर्ने गरी माओवादी नेताहरुको कार्यविभाजन

सुदूरपश्चिममा निर्वाचन क्षेत्र हेर्ने गरी माओवादी नेताहरुको कार्यविभाजन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन्। माओवादीले नौवटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ। कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा ओमप्रकाश पुनलाई जिम्मेवारी दिइएको छ। प्रदेश इन्चार्ज पोखरेलले पार्टी कमिटीहरुलाई जारी गरेको सर्कुलरअनुसार डोटीमा संघीय निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती जोशी, बैतडीमा नरेन्द्रबहादुर कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मिनबहादुर कुँवर र बाजुरामा कर्णबहादुर बिकलाई जिम्मेवारी दिइएको छ। पार...
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको ज्यान गयो

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा १ सय ४० जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ताजा अपडेट
उत्तरी नाइजेरियामा भएको इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको ज्यान गएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ  । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका  बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभएको खबरमा उल्लेख छ । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज