कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु, कुटीकुटी मारेको आरोप
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ।
उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको छ। उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ।
भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी ग...









