Advertisement

Day: २०८१ असार १८, मंगलवार २१:२८

पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

पानी परेसँगै अवरुद्ध हुन थाले बझाङका ग्रामीण सडक

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, असार १७ : केही दिनदेखि लगातार पानी पर्न थाले सँगै बझाङका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।वर्षाले जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको जीप व्यवसायीको भनाइ छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पानी परेसँगै तमैलबाट खप्तडछान्नासम्म जाने कच्ची मार्गमा समेत पहिरो खस्न थालेपछि यातायात सञ्चालनमा कठिनाइ भएको स्थानीय सुस्मिता खातिले बताइन् । त्यस्तै जिल्लाको मुख्य सडक जयपृथ्वी राजमार्गका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको छ । आइतबार मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत छविसपाथिभेरा - १ को जालेबगरमा पहिरो खसेर सडक अवरुद्ध भएको थियोे ।त्यसैगरी, जिल्ला सदरमुकाम देखि जिल्लाका विभिन्न गाउँबस्ती जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यात...
भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई आह्वान गर्ने एमालेको निर्णय

भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई आह्वान गर्ने एमालेको निर्णय

दैनिक, मुख्य समाचार, समाचार
नेकपा एमालेले सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आह्वान गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। यस्तै एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ।...
गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा अन्तिम बहस हुँदै, आजै फैसला हुनसक्ने

दैनिक, मुख्य समाचार, समाचार
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ। सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ। सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निर्णय दिने छ। गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दा...
नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ ।

नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ ।

मुख्य समाचार, समाचार
नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो । यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज