सरकारि जागिर खानु मात्रै सफलता हो त ?
राम सरको जिन्दगी त क्या गजबको छ है ? यो कुरा आज बिहान सुरेस चिया पसलमा ४–५ जनाको अधबैसे समुहमा भएको कुरा हो । मेरो मनमा उत्सुकता जाग्यो, को हुन त राम सर ? यस्तो आर्थिक मन्दीका बिचमा राजनीतिक निरासाले उच्चतम बिन्दु छोएको समयमा राज्यका धेरै सूचकांक निराशाजनक भएको अवस्थामा जसको जिन्दगी क्या गजबको छ ।
त्यही समुहमा गएर म सोध्न पुगे - को राम सर? एक जना व्यक्तिले राम सरको व्यक्तित्व बर्णन गर्न पुगे अनि एक अनुशासित बिद्यार्थी झैँ म पनि सुन्दै हरेक बर्णनमा टाउको हल्लाउदै मौन समर्थन दिदै बसे ।
राम सर नेपाल सरकारका सह–सचिब पदका एक व्यक्ति रहेछन । म अचम्ममा परे एक सरकारी जागिरे ब्यक्ति जो रास्ट्र सेवकको रुपमा आफुलाई परिचय दिन्छन तर त्यही रास्ट्रका हरेक सूचकांकहरु नकारात्मक भइरहेका बेला, बेरोजगारी बढिरहेको बेला, सरकारी तौर तरिकाबाट देशका जनता हैरान भैरहेको समयमा अनि नैरास्य उच्चतम बिन्दु...

