सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तडमा अन्तरक्रिया सम्पन्न
बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा सशक्त महिला तथा समृद्ध नेपाल परियाेजनाले खप्तड छान्ना गाउँपालीकामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमका विच गाउँपालीकाकाे सभाहलमा परियाेजनाकाे बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हाे । स्थानीय सरकारले बालबालिका र हाम्रो समाजको परिकल्पना सम्वन्धि कसरी अगाडि जान सकिन्छ र यस परियाेजनालाई अगाडि बढाउन स्थानीय सरकार लागिपर्ने बताउनु भयाे ।
खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तम राेकायाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न वडा अध्यक्ष सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार सञ्चारकर्मी सहितको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा परियाेजनाले गर्ने उदश्यबारे फिल्ड अफिसर रमेश मालीले प्रशिक्षण गर्नुभएको थियाे । मालीले गरेको प्रशिक्षण पछि स्थानीय सरकार प्रमुख उत्तम राेकायाले भने,हाम्रो स्थानीय सरका...

