निसर्ग हस्पिटलद्धारा जोगबुडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धनगढीः डडेल्धुरको जोगबुडा अस्पताल लालढुङगामा शनिवार गरिएको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, जोगबुडा अस्पताल जोगबुडा, लायन्स क्लब अफ धनगढी, हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनमा बृहत निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो।
डडेल्धुराको परशुराम नगरपालीकाको सहकार्यमा जोगबुडा अस्पताल लालढुङगामा शनिवार आयोजना गरिएको स्वास्थ्य शिविरमा १ हजार २ सयजनाले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, जनरल सर्जरी तथा युरो सर्जरी सम्बन्धी विशेषज्ञ सेवा, फिजिसियन (जनरल मेडिसिन) सम्बन्धी विशेषज्ञ सेवा, हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धी सेवा, मानसिक तथा नशारोग सम्बन्धी सेवा, ल्याब, एक्सरे, भिडियो एक्सरे, ईसिजी लगाएतका जाँचहरु तथा औषधि वितरण सेवासमेत निःशुल्क प्रदान गरिएको छ।
ग्रामीण भेगका नागरिकलाई घरदैलो...


