बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकाले मेलमिलाप कर्ताहरुकाे लागि पुजर्ताजकिय गरेको छ ।
स्थानीय सरकार तलकाेट गाउँपालीकामा रहेको न्यायिक समितिले तलकाटका वडा नम्बर १ देखि ७ सम्मका मेलमिलापक्रताहरुलाई तालिम दिएकाे थियाे ।
तलकाेट गाउँपालीकाकाे आयाेजनामा जिल्लाकाे हाेटल केपी प्लाजामा तालिम सम्पन्न भएको हाे । तालिम यहि २७ गते देखि सुरु भएको हाे । विभिन्न मेलमिलापकर्ताहरुलाई दिएको तालिममा
तालिम आज समापन भएको हाे । मेलमिलापक्रताकाे पुनर्ताजकीय तालिममा तलकाेट वडा नम्बर १ देखि ७ वटै वडाका मेलमिलाप कर्ताहरुकाे उपस्थिति रहेका थिए ।
तालिम समापन कार्यक्रममा तलकाेट गाउँपालीका उपाध्यक्ष तथा न्यायिक समितिका सँयाेजक पार्वती कुवर भण्डारीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत बझाङका श्रेष्तादार हेमराज तिमेल्सेना प्रमुख अतिथि रहनु भएको थियाे । कार्यक्रमकाे सहजिकरण जिल्ला अदालतका न्याधिवक्ता शिवराज जाेशीले गर्नु भएको हाे ।

सहजिकरण सँग तालिम दिनु भएका शिवराज जाेशीले गाउँमा आउने मुद्दाहरु सहजै हेर्न सकिने र सबैलाई मिलाएर अगाडि बढ्नु पर्ने बताउनु भयाे । कार्यक्रममा तलकाेटका प्रमुख प्रशासकीय अधिकृत केशव जाेशी कमल खड्का सहितकाे उपस्थिति रहेको थियाे ।
पुनर्ताजगी तालिममा सहभागी रुपा सिँहले भन्नू भयाे हामीले ५ बर्ष अगाडि तालिम लिएका थियौं,त्यसपछि यसपटक पाउँदा खुसि भएका छाै । तलकाेट गाउँपालीका उपाध्यक्षकाे नेतृत्वमा यतिराम्राे कार्यक्रम भएकोमा हामी खुसि छाै । आगामी दिनमा समाजमा घटेका घटनाहरूको समिक्षा गरेर सहजै मिलाउने बाताबरण सिर्जना गर्छाै ।
यता उपाध्यक्ष पार्वती कुवरले भन्नू भयाे, यसपालि हामी सभावाट नयाँ बजेट बनाउन्छाै । जसले तपाईंको वडाहरुमा पनि सहजिकरणकाे लागि आर्थिक छुट्टाउनु पर्छ । तपाईंको सेवा सुविधाको लाई म उपाध्यक्षकाे हैसियतले निरन्तर लागिपर्ने छु । सबैले समाज रुपान्तरणकाे बिषयमा अगाडि बढ्नु पर्ने र स्थानीय सरकारले कसरी जानू पर्छ भन्ने विषयमा तपाईंको पनि सरसल्लाह लिएर हामी अगाडि बढ्ने बताउनु भयाे ।