लम्कीचुहा नगरपालिका वडा नं. ०२ द्धारा एचआइभी संक्रमितहरुलाई खाद्यान्न सहयोग
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ०२ ले एचआइभी संक्रमितहरूलाई खाद्यान्न सहयोग गरेको छ ।
चालु आर्थिक वर्षकाे बिनियोजित बजेटबाट संक्रमितहरूलाई एक कार्यक्रमका बिच खाद्यान्न सहयोग गरिएको हो। संक्रमितहरूको माग अनुसार चामल ,दाल ,तेल ,नुन लगायतका सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताए। वडा अध्यक्षले भने यो सहयोग मात्र अन्तिम हैन, वडा बासी कुनै पनि समस्या परेको खण्डमा निर्धक्क वडा कार्यालय सम्म पुगेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
वडाले खाद्यान्न सहयोग गर्दा निकै राहत महसुस भएको नवजीवन एकता समाजका समाजिक परिचालक तारा प्रसाद ढकालले बताए । धेरैको घरमा छाक टार्न एक माना चामल छैन ढकालले भने‘‘ धेरै एकल महिला र पुरुष अनाथ बालबालिकाहरू छन । थोरै भए पनि वडाबाट आएको सहयोगले केही दिन सहज हुने उनले बताए।
वडा नं. ०२ मा मात्रै ५० जना भन्दा बढि एचआइभी संक्र...


