Advertisement

Day: २०८१ बैशाख ८, शनिबार १३:२५

तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

खेलकुद, मुख्य समाचार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदै छ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् । ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो । तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ ।...
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन

भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन

दार्चुला, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
भारत सरकारको सहयोगमा दार्चुलाको व्यास गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ । त्यस्तै दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको हो ।  व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु। २।८२ करोड आर्थिक सहयोगमा निर्माण हुने हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरे । त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु। ३।३७ करोडमा निर्माण गरिएको श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमि...
बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थाले

बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थाले

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : हिमाली जिल्ला बझाङका यार्सागुम्बा संकलकहरु हिमाली पाटनतिर जान थालेका छन् । यार्सागुम्बा टिप्न केहि समयपछि सुरु गर्ने भएपनि उपयुक्त बासस्थानको खोजी र यार्सागुम्बाको अवस्था हेर्न र बुझ्नको लागि उनिहरु हिमाली पाटनतिर लागेका हुन् नयाँ वर्ष मनाए लगत्त्तै गाउँका आधा भन्दा बढी मानिसहरु लेकतिर गइसकेको सुर्मा गाउँपालिका –४ का स्थानिय लोक बहादुर बोहराले बताउनुभयो । पहिलो चरणमा लेकतिर जानेहरुले आजभोली पाटनतिर खानेबस्ने सबै व्यवस्था मिलाएर हिउँदेबाली भित्र्याउन फर्किने गरेको बोहराले बताउनुभयो । हिउँदेबाली भित्र्याएपछि वृद्धवृद्धा र साना बालबालिका बाहेक सबै यार्सागुम्बा संकलनको लागि लेकतिर जाने गर्दछन् । पछिल्लो समय यहाँ गहुँ भन्दापनि स्थानियहरुले आलु लगाउने गरेको र यसपालि खडेरीले लगाएको गहुँ पनि सुकेको अर्का स्थानिय हंशविर बोहराले बताउनुभयो । यहिँ वैशाख १५ को उवनिर्वाचनका लागि केहि मानिस...
भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

भारतले नेपाली चियाको निर्यात रोक्यो, गम्भीर सङ्कट निम्तिने चिया उद्यमीको चिन्ता

ब्यापार, मुख्य समाचार
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वी नाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया हिजो भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाल...
रेशम–रञ्जिताको सम्बन्धमै दरार, रेशम भन्छन् ‘जग नहँसाएर छुट्टिऔँ’

रेशम–रञ्जिताको सम्बन्धमै दरार, रेशम भन्छन् ‘जग नहँसाएर छुट्टिऔँ’

मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच खटपट बढेको विषय बाहिर आएको छ राजनीतिक विवाद र मतभेदका कारण श्रीमान/श्रीमतीको सम्बन्धमै दरार आएको विषय अहिले छताछुल्ल भएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। उनले भनेका छन्। ‘जग नहँसाएर छुट्टिऔँ।’ रेशमले पत्नी रञ्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अरुले भड्काइरहेको उनको दाबी छ। ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौ,' रेशमले पत्नि रञ्...
कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु

कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु

कैलाली, मुख्य समाचार
धनगढी : कैलालीको सात वटा नदीमा तटबन्ध निर्माण शुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम शुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि रु तीन करोडको ठेक्का सम्झौता भएको छ । बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि रु पाँच करोडको ठेक्का सम्झौता भई काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो । त्यस्तै कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि रु नौ करोड, घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज