बझाङका तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीमाथि कुटपिट, चार जना घाइते
बझाङ : बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् ।
खप्तडछान्ना गाउँपालिका – ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षिय खप्पिस थापालाई स्थानिय बाल्केश सिंह, आनन्द सिंह लगाएत ३ – ४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट, टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ । परीक्षा दिएर घर फर्किरहेका छविसपाथिभेरा गाउँपालिका – १ का १८ वर्षिय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका – २ का १८ वर्षिय विमल बोगटीमाथि कुटपिट...







