धनगढीको शिवपुरीमा मनाइँयो महाशिवरात्रि
धनगढी - धनगढीको शिवपुरी धाममा आज महाशिवरात्रि पर्व मनाइँएको छ ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी शुक्रबार धनगढीको शिवपुरी लगायत देशभर मनाइँएको हो ।
शिवपुरी धाममा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । शिवपुरीमा काठमाडौंको पशुपतिनाथ पछि दर्शनार्थीको सबैभन्दा बढी घुइँचो लागेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम व्यवस्थापन समितिका उपाध्यक्ष सिद्धराज पनेरूले बताएका छन् ।
आज बिहान तीन बजेबाट दर्शनार्थीले पूजा-आराधना गर्न सुरु गरेको उपाध्यक्ष पनेरूले बताए । शिवपुरीमा वर्ल्ड लिंकको आयोजनामा नि:शुल्क पिउने पानी र जुस राखिएको थियो ।
धाममा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशले नि:शुल्क स्वास्थ शिविर सञ्चालन र पिउने पानीको व्यवस्था गरेको थियो । त्यस्तै विश्व हिन्दु परिषद् धनगढी नगरसमितीक...


