बझाङमा कार्यसम्पादन मूल्यांकनमा छबिसपाथीभेरा प्रथम
बझाङ - आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बझाङको छबिसपाथीभेरा गाउँपालिका बझाङका स्थानीय तह मध्य उत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार छबिसपाथिभेरा गाउपालिकाले ४६ .८१ अंक प्राप्त गरी स्थानीय तह मध्येमा पहिलो बनेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार ...

