Advertisement

Day: २०८० माघ १८, बिहीबार १९:०९

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाई

कैलाली, मुख्य समाचार, राजनीति
कैलाली :नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न ४ (१) को प्रबक्ता को जिम्मेवारी बडैलालाईकैलाली जिल्ला क्षेत्र ४ (१) मा नेपाली काङ्ग्रेस ले प्रबक्ता मा दिपक बैडला लाई चयन गरेको छ । उहाँ बर्तमान गौरिगङ्गा नपा वार्ड ५ का वडा सदस्य पनि हुन उहाँ लामो समय देखि राजनीति मात्र नभएर सामाजिक सेवामा समर्पित ब्याक्ती हुन उन्ले दस बर्ष गाबिस को कर्म चारिको भुमिका खेल्दै गत चुनाव मा वडा बाट सदस्य मा बिजय भएका ३४ बर्षिए बडैला नेपाली काङ्ग्रेस मा निकै लामो समय देखि सकृय हुन । उनी बर्तमान क्षेत्र ४ का संघीय सान्सद बिर बहादुर बलायर का नजिकै का पात्र पनि मानिन्छन । उहाको राजनीति अनि समाज प्रती को सकृयता देखेर उहालाइ प्रबक्ता मा जिम्मेवारी दिएको क्षेतृय सभापति ले बताएका छन...

धनगढीमा जारी ‘सिसिएस प्लस टु’को फाइनल समिकरण पुरा

समाचार
धनगढी - धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरिय फुटवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।  बिहिबार धनगढी रगंशालामा भएका फाइनल चरणका २ खेल सम्पन्न भए संगै ‘सिसिएस प्लस टु’ कप फुटवलको सेमि फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । सिसिएस प्लस टु’ बी, र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल सिसिएस प्लस टु’ फुटवल कपको उपाधिका लागी भिड्ने छन् । फाइनल चरण अन्तर्गत आज भएको पहिलो खेलमा सिसिएस प्लस टु’ बी ले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिका लागी आफुलाई उभ्याएको छ ।  प्रतियोगिताको सेमि फाइनल पुगेको त्रिनगर माध्यमिक विद्यालयले भने फाइनल चरणको खेल बाटै बाहिरिनु परेको छ । आजै सम्पन्न प्रतियोगिताको दोश्रो फाइनल चरणको खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुलले धनगढीको एलायन्स इन्टरनेश्नल स्कुललाई ४–१ गोल अन्तरले हरा...

गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा

समाचार
काठमाडौं - त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ । जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । कमल परियार बलिङ गर्नेक्रममा घाइते भएपछि ब्याटिङमा आएनन् । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । समीर कँडेल ३, मुश्कान थापा ७, रोशन गौतम ९ र विपिन खत्री ८ रनमा आउट भए । आर्मीका स्पिनर साहब आलमले ७ ओभरमा २ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए ।  जितेन्द्र मुखियाले ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ६.४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटि...

केएमसीमा आयोजित नमुना संसद अभ्यास [फोटोफिचर]

समाचार
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा मंगलबार र बुधबार केएमसी डिबेट क्लबले आयोजना गरेको संसदिय नमुना बहस सम्पन्न भएको छ । डिबेट क्लबका संयोजक गणेश खत्रीको संयोजकत्व र कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्राध्यापक ठाकुर प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा उक्त दुई दिने कार्यक्रम सम्पन्न भएको हो ।  विद्यार्थीहरुलाई वादविवादको भिन्न तथा नवीन तरिका र सांसदको भुमिका, कामबार्वाही, कार्यशैली, कानून निर्माण प्रक्रिया, विधेयक प्रस्तुत लगायतका विषयबारे जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।  उक्त नमुना संसदिय अभ्यास कार्यक्रममा ६२ जना विद्यार्थीहरु  सहभागी भएका थिए । विद्यार्थीहरुलाई संसदमा हुने संसदीय ढाँचामा सत्तापक्ष र प्रतिपक्षका मुख्य भुमिकामा अभ्यास गराइएको थियो । कार्यक्रममा स्ववियुका अध्यक्ष यमराज जोशी लगायतका पदाधिकारी र विद्यार्थी संगठनका ...

आज सुनको भाउ पाँच सयले बढ्यो

समाचार
काठमाण्डौं – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ बढेको छ ।  आज सुनको भाउ तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा १ लाख १८ हजार सात सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ ।  हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दश रुपैयाँ घटेर १४ सय १० रुपैयाँ पुगेको छ ।...

सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात

समाचार
धनगढी - सुदूरपश्चिमका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।  यो वर्ष पहिलो पटक हिमपात भएको हो । सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएको छ ।  वर्षा र हिमपातले कतिपय ग्रामीण क्षेत्रका कच्ची सडकहरु अवरुद्ध भएका छन् । हिउँदे वर्षा र हिमपातले चिसो बढेको छ ।...

बौद्धिक पलायन रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

समाचार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए ।...

सामाजिक सञ्जालले परेको असरप्रति जुकरबर्गले मागे माफी

समाचार
एजेन्सी - फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति उनीहरुका परिवारसँग माफी मागेका छन् । जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै आफ्ना बच्चाहरूको तस्वीर राख्ने अभिभावकसँग अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा माफी मागेका हुन् । सिनेट सदस्यहरुले जुकरबर्गसहित अन्य सामाजिक सञ्जालहरु टिकटक, स्न्याप, एक्स र डिस्कर्डका मालिकहरूसँग बालबालिकामा हुने हानी रोक्न उनीहरू के गर्दैछन् भनेर प्रश्न गरेका थिए । त्यस क्रममा रिपब्लिकन सिनेटर जोश हलेले पीडित परिवारसँग माफी माग्नका लागि जुकरबर्गलाई बोलाइएको बताए । त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् । यो सुनुवाइको अवलोकनका लागि पीडित बालबालिकाका अभिभावक पनि उपस्थित थिए । विभिन्न प्रलोभनमा पारेर सामाजिक सञ्जालमार्फत बालबालिकाका यौन शो...

वैदेशिक रोजगारी : छ महिनामा छ सय ५६ नेपालीको मृत्यु

समाचार
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो छ महिनामा  वैदेशिक रोजगारीका क्रममा छ सय ५६ नेपालीले ज्यान गुमाएका छन् ।  यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो ।  यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् ।  बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।   पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् ।  तथ्याङ्क अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।  बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु...

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको नयाँ लोगो बनाइँदै 

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले लगाउने लोगो चौथोपटक फेरिने भएको छ ।  गत वर्षको पुस १५ गते पाँच लाख ५० हजार रुपैयाँ खर्चेर लोगो तयार गरिएको थियो । त्यो लोगोको स्वरूप ठिक नभएको भन्दै अर्काे तयार गर्न थालिएको हो । नयाँ लोगो तयार गर्नको लागि नेपाली कांग्रेसका पदम शाहीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो । बुधवारको प्रदेश सभा बैठकमा उक्त समितिले लोगोको स्वरूप सहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।  जेठ २ गते बसेको प्रदेश सभा बैठकले शाहीको संयोजकत्वमा लोगो संशोधन समिति तयार गरेको थियो।  दोस्रो कार्यकालको पहिलो वर्ष पुगे लगत्तै प्रदेश सभा सदस्यको लागि चौथो पटक लोगो बनाउन लागिएको हो । यसअघि सुरुमा धातुको लागो निर्माण गरिएको भए पनि त्यसयता सुन र चाँदी जडित लोगो तयार गरिएको हो । पहिलो चरणमा प्रतिव्यक्ति २ हजार २ सय पर्ने गरी ७० वटा लोगो तयार गरिएको थियो । ५३ जना...

जापान र इरान एसियन कप फुटबलको क्वाटरफाइनलमा

समाचार
काठमाण्डौं – एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ ।  कतारमा भैरहेको खेलमा हिजो जापान ३–१ गोलले विजयी भएको हो । यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो ।  सेमिफाइनल प्रवेशका लागि अब जापान र इरानबीच खेल हुनेछ ।...

भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ

समाचार
काठमाण्डौं – भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ ।  हिजो दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गएराति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसी हिन्दीले जनाएको छ । ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो । ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको ४ एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ । यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ । अभियुक्तले...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज