Advertisement

अछामको एक पालिकामा तालाबन्दी

Advertisement

कैलाली – करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायमै छ। 

कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबिचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि हुन सकेको छैन।

दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए।

तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो। समस्या समाधान गर्ने भनेर निर्णय गर्ने तर कार्यान्वयन नगरेपछि कर्मचारी र शिक्षक महासंघले कमलबजार नगरपालिकामा पुनः तालाबन्दी गरेको छ।

कात्तिक २१ गते बसेको कमलबजार नगरपालिकाको कार्यपालिका बैठकले ८२ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भएपछि मेयर ढकालले मंसिर ५ गते प्रेस विज्ञप्ति जारी गर्दै हटाइएका सबै कर्मचारीलाई काममा फर्कन भनेका थिए। तर कार्यपालिकाले भने अहिलेसम्म हटाइएका कर्मचारीलाई पुनः राख्न निर्णय गरेको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल कोरियामैत्...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय ...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र ...
युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

अमेरिका-इजरायलसँगको युद्ध अन्त्यका लागि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्त राखेका छन्। रुस र पाकिस्तानका नेताहरूसँगको कु...
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

काठमाण्डाै– प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्...
आज विश्व मिर्गाैला दिवस

आज विश्व मिर्गाैला दिवस

काठमाण्डाै- आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मन...
अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आए...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज