Advertisement

Day: २०८० मंसिर ३, आईतवार १६:२६

एमाले सुप बाट भुकम्प प्रभावित जिल्लाको सहयोगार्थ प्रस्थान गर्‍यो युवा-विद्यार्थी टिम

एमाले सुप बाट भुकम्प प्रभावित जिल्लाको सहयोगार्थ प्रस्थान गर्‍यो युवा-विद्यार्थी टिम

समाचार
धनगढी ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशले भुकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका निम्ति आफ्नो प्रदेशको प्रतिनिधित्व स्वरुप युवा-विद्यार्थीलाई पश्चिम रुकुम पठाएको छ। आज नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले सुदूपश्चिम उपसचिव भागिरथि बिष्टले उनीहरुलाई धनगढीबाट बिदाई गर्नु भएको हो। पश्चिम रुकुम प्रस्थान गर्नेमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य किशोर शाह,युवा नेता भरत शाह,अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई लगायतको टिम छ।...
मंसिर ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौंः क्षितिज थेबे

मंसिर ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौंः क्षितिज थेबे

समाचार
काठमाडौं, २ मंसिर । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आगामी ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सरकारलाई देखाइदिने बताएका छन् । हिजो (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले सरकारको अकर्मन्यताको विरुद्ध युवा संघ सडक संघर्षमा आउन लागेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले जातको नाममा सामाजिक सद्भाव भड्काउने काम गरेको आरोप लगाए । उनले केही मान्छेहरुले अभियान्ताको नाममा लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति दिन खोजेको बताए । ‘एउटा जातको नाममा सामाजिक सद्भाव भड्काइन्छ । त्यसको नाइकेको रुपमा सरकारका प्रमुख उभिन्छन् र प्रस्तुति दिइन्छ । धर्मका नाममा सामाजिक सहिष्णुता भड्काइदिन्छ । अभियानका नाम व्यवस्थामाथि चुनौति दिइन्छ,’– उनले भने । आगामी मंसिर ७ गते माइतीघरमा युवा संघल...
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

समाचार
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए। भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो। विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो। सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो। त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो। यसपटक भारतलाई २००३ को बदला लिने अवसर जुरेको छ भने अस्ट्रेलियालाई इतिहास दोहो¥याउने। यस विश्वकपको विजेताले ४० लाख...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज