Advertisement

Day: २०८० कार्तिक ७, मंगलवार ०९:३८

गाँजामा मारिनेको संख्या ५ हजार बढि

गाँजामा मारिनेको संख्या ५ हजार बढि

अन्तर्राष्ट्रिय, मुख्य समाचार
गाजा : प्यालेस्टिनी अधिकारीहरूले गाजामा हिजो बिहानदेखि जारी इजरायली बमबारीमा अहिलेसम्म ४३० जनाको ज्यान गएको बताएका छन्। गाजामा अक्टोबर ७ देखि मृत्यु हुनेको संख्या ५ हजार ८७ पुगेको छ । जसमा २ हजार ५५ बालबालिका, १ हजार १ सय १९ महिला र २ सय १७ वृद्ध रहेका छन् । प्यालेस्टिनी अधिकारीहरूले १५ हजारभन्दा बढी घाइते भएको बताएका छन् । इजरायलले हिजो दिनरात आफ्नो मिसाइल आक्रमण र बमबारी जारी राख्यो। धेरै तस्बिरहरूमा भवनहरूको भग्नावशेष र घाइतेहरु अस्पतालबाहिर सडकमै लडिरहेको देखिएका छन् । सोमबार बिहान इजरायली सेनाले पछिल्लो २४ घण्टामा ३२० लक्ष्यमा आक्रमण गरेको बताएको थियो । इजरायली सेनाका अनुसार यी आधारहरू मध्ये एउटामा सुरुङ पनि थियो, जसमा हमास लडाकुहरू बसिरहेका थिए।...
गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु

गोरखामा पिङबाट लडेर एक महिलाको मृत्यु

मुख्य समाचार, समाचार
गोरखा :गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए । (अन्लाईन खबर)...
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दशैँंको शुभकामना

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, राजनीति, समाचार
धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन्। विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गर्नुभएको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्वपूर्ण रहेको बताए। “नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ। यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ”, शुभकामना सन्देशमा उनले भनेका छन्। प्रधानमन्त्री दाहालले विजयादशमीको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर...
दशैँमा नारी र पुरुषलाई कुन मन्त्रले आशिर्वाद दिने?

दशैँमा नारी र पुरुषलाई कुन मन्त्रले आशिर्वाद दिने?

अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार
परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।   लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र :आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे । अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज