Advertisement

Day: २०८० आश्विन १७, बुधबार १९:३४

भुकम्पपछिको अवस्था बुझ्न रास्वपा सभापति लामिछाने बझाङमा

भुकम्पपछिको अवस्था बुझ्न रास्वपा सभापति लामिछाने बझाङमा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ पुग्नुभएको छ । हिजो मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पपछि क्षतीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा सभापति लामिछाने आज बझाङ पुग्नुभएको हो । बझाङ पुगेपछि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै उहाँले लेख्नु भएको छ, “भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।” यसैबिच विज्ञप्ती जारी गरेर सस्तो लोकप्रियता कमाउने उद्येश्यले सामाजिक सञ्जालमा दुख व्यक्त गर्ने बझाङमा नेता तथा सांसदहरुले वास्तविक पिडामा रमिता मात्रै हेरेको भन्दै जिल्लाबासिले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् ।...
सार्वजनिक बिदामा नेपालको ’विश्व रेकर्ड’

सार्वजनिक बिदामा नेपालको ’विश्व रेकर्ड’

मुख्य समाचार, सुदूरपश्चिम
काठमाडौं :  ’राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनिक बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ। अनि हामी गरिब नभए को हुन्छ त ?’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिले ट्विटर) मा गरेको पोस्टको पहिलो अंश हो यो। विश्वव्यापी तथ्यांक राख्ने संस्था ’वर्ल्ड स्टाटिस्टिक्स’ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ। जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ। एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। भट्टराईले अगाडि लेखेका छन्, 'गम्भीर बनौं! काम नगरी दिगो रूपले कोही धनी हुन सक्दैन भन्ने बुझौं! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि!' वर्ल्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरूमा दोस्रो नम्बरमा म्यानमार ३२ दिन, तेस्रोमा ...
भूकम्पपछि बझाङका बासिन्दाको खुला चौरमै बास

भूकम्पपछि बझाङका बासिन्दाको खुला चौरमै बास

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: भूकम्पपछि बझाङका बासिन्दाले खुला चौरमै बास बसेका छन्। बझाङ बैतडीलगायतका जिल्लामा भूकम्पबाट प्रभावित पीडितले खुला चौरमा रात बिताएका हुन्। पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका छन्। केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ। उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो। उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ। बझाङमा मंगलवार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसअघि २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। यी भूकम्पपछि लगातार परकम्प गइरहेका छन्। भूकम्पमा परि बझाङमा १३ जना र...
गएराति बझाङमा चारपटक भूकम्पको धक्का 

गएराति बझाङमा चारपटक भूकम्पको धक्का 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो। केन्द्रका अनुसार गएराति १२:१६ बजे ४.१ रेक्टर स्केलको, १२:५० मा ४.३ रेक्टर स्केलको, बिहान ४ः२७ बजे ४.३ रेक्टर स्केलको र ५:४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो। मंगलबार दिउँसोपनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३, ५.१, ४.१, ४.१, ४.३, ५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए।  भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज