बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ पुग्नुभएको छ । हिजो मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पपछि क्षतीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा सभापति लामिछाने आज बझाङ पुग्नुभएको हो ।

बझाङ पुगेपछि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै उहाँले लेख्नु भएको छ, “भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।”

यसैबिच विज्ञप्ती जारी गरेर सस्तो लोकप्रियता कमाउने उद्येश्यले सामाजिक सञ्जालमा दुख व्यक्त गर्ने बझाङमा नेता तथा सांसदहरुले वास्तविक पिडामा रमिता मात्रै हेरेको भन्दै जिल्लाबासिले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् ।

