बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ पुग्नुभएको छ । हिजो मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पपछि क्षतीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा सभापति लामिछाने आज बझाङ पुग्नुभएको हो ।
बझाङ पुगेपछि सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै उहाँले लेख्नु भएको छ, “भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ।”
यसैबिच विज्ञप्ती जारी गरेर सस्तो लोकप्रियता कमाउने उद्येश्यले सामाजिक सञ्जालमा दुख व्यक्त गर्ने बझाङमा नेता तथा सांसदहरुले वास्तविक पिडामा रमिता मात्रै हेरेको भन्दै जिल्लाबासिले सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३