Advertisement

Day: २०८० आश्विन ५, शुक्रबार २२:१८

बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैरु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ । शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताउनुभयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ । ...
बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री / बझाङ बाढीपहिरोका कारण अवरुद्ध भएको गण्डकीगाड लघु जलविद्युत आयोजना पुनः सुचारु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं ८ गण्डकीमा रहेको गण्डकी गाड लघु जलविद्युत आयोजना गत साउनमा आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएको थियोे । जलविद्युत अवरुद्ध भएको करिब दुई महिनापछि आजबाट पुनः सुचारू भएको स्थानीयले बताए । मेकानिकल विश्वासका अनुसार पावरहाउसमा रहेको मेसिन भित्र पानी पसेपछि मेसिन खराब भएको थियो । उनले भने "जेनेटरमा भएकाे सामान र ईयलसि बाेर्ड भित्रकाे सबै सामान फेरिएपछि विद्युत सञ्चालन गरेका छौ ।" गाउँमा बत्ती नभएर जनतालाई सास्ती भएपछि १३ दिनसम्म अथक प्रयास गरेर वडामा मेसिन बिग्रिएर अवरुद्ध भएको बत्ती जलाउन सफल भएको केदारस्यु गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताउनुभयो । उहाँले बुटवलमा एक जना ईलेक्ट्रोनिक ईन्जिनियरसंग सल्लाह लिइ...
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।  प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज