साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङद्वारा क्यान्सर पिडितलाइ आर्थिक सहयोग
बझाङको साइपाल गाउँपालिकाकि उपाध्यक्ष डोल्मा तामाङले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि उपाध्यक्ष तामाङले नगद रु पाँच हजार पाँच सय सहयोग गर्नुभएको हो ।उपाध्यक्ष तामाङले अरुलाई पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।
उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लगाएत देशका ठल्ठुुला अस्पतालहरुमा उपचार गराउदा गराउदै करिब १५ / २० लाख खर्च भइसकेको हुनाले अहिले उपचारमा समस्या भएको हो ।
...


