सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) अति भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो।
सुदूरपश्चिममा आइतवार अति भारी वर्षाको सम्भावना रहेकाले नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेक...

