Advertisement

सोमपालको दोहोरो धमाका, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

Advertisement

काठमाडौं- कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। ब्याटिङ र बलिङ दुवैमा चम्किएका सोमपालले कर्णालीलाई लगातार दोस्रो जित दिलाएका हुन्।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। सुरुवाती ओभरमै दबाबमा परेको कर्णालीको इनिङ्स सम्हाल्दै सोमपालले ३२ बलमा अविजित ६२ रन बनाए।

उनलाई गुल्सन झाले बलियो साथ दिए। गुल्सन २१ बलमा २८ रन बनाउँदै अविजित रहे भने पवन सर्राफले २८ बलमा ३६ रन जोडे। विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए। चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो। टोलीका लागि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ८७ रन जोडे। उनले ९ छक्का र ३ चौका प्रहार गरे।

त्यस्तै, आन्द्रे रसेलले १५ बलमा २७ रन बनाउँदा एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रनको योगदान दिए।

कर्णालीका लागि कप्तान सोमपालले बलिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै चार विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।

यस जितसँगै कर्णाली याक्सले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। विराटनगर किंग्सले भने लगातार दोस्रो हार बेहोरेको छ

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सोमपालको दोहोरो धमाका, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

सोमपालको दोहोरो धमाका, विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं- कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई ४ ...
एनपीएलमा आज दुई खेल हुँदै, कोको खेल्दैछन्..

एनपीएलमा आज दुई खेल हुँदै, कोको खेल्दैछन्..

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्...
पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

पहिलो हार बिर्साउँदै सुदूरपश्चिमले चाख्यो जितको स्वाद

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बुध...
एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँ...
अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज