Advertisement

एनपीएल : पोखरा र सुदूरपश्चिम आज आमनेसामने हुँदै

Advertisement

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । पोखराले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिनेछ ।

अघिल्ला दुई संस्करणमा उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक पनि सुखद सुरुआत गर्न सकेको छैन । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा फर्किने लक्ष्य सुदूरपश्चिमको हुनेछ ।

यसैबीच, हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित दर्ता गरेका छन् । चितवनले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दा कर्णालीले जनकपुर बोल्ट्समाथि १९ रनको जित निकालेको थियो ।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन् ।

एनपीएलको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश

धनगढी- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै प्लेअफको यात्रा तय गरेको छ। शुक्रबार भएको...
सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज