Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 236 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ। नापी कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीबाट हाकाहाकी घुस वाफतको रकम असुल्न थालेका हुन्। कर्मचारीलाई घुस नदिएसम्म सेवा पाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। यतिसम्म कि नापी कार्यालय धनगढीबाट सेवा लिँदा जनप्रतिनिधिसँग समेत खुलेआम घुस मागेको तथ्य बाहिर आएको छ। गौरीगङ्गा नगरपालिका–४ का वडा सदस्यसँग नापी कार्यालय धनगढीका सर्वेक्षकले दुई लाख रुपैयाँ घुस मागेको तथ्य बाहिर आएको छ। हाकाहाकी घुस माग्छन् नापीमा गौरीगङ्गा नगरपालिका–४ का वडासदस्य हुन् बलराम सापकोटा। सापकोटा आफ्ना तीन जना भाइसहित बैशाख २१ गते नापी कार्यालय पुगेका थिए। आफ्नो नाममा रहेको जग्गाको लगतकट्टा गर्न र चार कित्तामा अंशबण्डा भएको १६ कट्टा जग्गाको लालपुर्जा लिन भाइहरूसँगै वडा सदस्य सापकोटा नापी कार्यालय पुगेका हुन्। तर, नापी कार...
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो। र, समर्थनसमेत फिर्ता लिएको थियो। संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। २०७९ पुस १० गते प्रधानमन्त्री न...
NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

समाचार
"राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल बन्ने मूल नाराका " साथ नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ  धनगढी इकाईले आयोजना गरेको NMSRA कप  २०८१ फुट्सल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको छ । २०८१ जेठ महिनाको ४ र ५ गते सम्पन्न भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको दुईवटा टिम सञ्जीवनी अस्पताल, माया मेट्रो हस्पिटल धनगढी, सेती प्रादेशिक हस्पिटल धनगढी, नोभा हस्पिटल धनगढी, सिपी हस्पिटल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली धनगढी, NCDA कैलाली,PDAN कैलाली गरी १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार फाइनल म्याच नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईको टिम १ र सेती प्रादेशिक अस्पताल बीच फाइनल प्रतिस्पर्धा भएको थियो र फाइनलमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी...
काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्। कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी...
जग्गा वितरणमा सर्वोच्चको रोक

जग्गा वितरणमा सर्वोच्चको रोक

बार्षिक, मुख्य समाचार, समाचार
धनगढी : राष्ट्रिय भूमि आयोगसहित सरकारविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन क्षेत्र रहेको कुनै पनि जग्गामा बस्ती बसाउने सरकारको तयारी र व्यक्तिगत कार्यलाई रोक लगाउने फैसला गरेको छ। अधिवक्ता चन्द्रमणि पौडेलले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले वन जङ्गल लगायत संरक्षित क्षेत्रको जग्गा वितरण सम्बन्धी नीतिका बारेमा व्याख्या गरेको हो। सरकारले सुकुमवासी वा अस्थायी बसोबास गर्दै आएका व्यक्तिहरूलाई एक पटकका लागि जग्गा वितरण गर्ने कानुन ल्याएपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन जङ्गल मासेर बस्ती बसाउन नपाइने फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संवैधानिक इजलासले कुनै पनि बहानामा वन क्षेत्रको जग्गा वितरण नगर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले...
भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजले भुकम्प बाट बच्ने सम्वन्धि कृतिमा अभ्यास सञ्चालन गरेको छ । जिल्लाकाे केदारस्यु गाउँपालीकामा वल्र्ड भिजन ईटनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङद्वार विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको हाे । स्थानीयतहमा रहेका विभिन्न विद्यालयमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अर्तगत केदारस्यु गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम गरिएको थियाे । विभिन्न विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा ११०० भन्दा बढी विद्यार्थीहरुकाे सहभागी रहेको थियाे । कार्यक्रममा ,शिक्षक,अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे फिल्ड अधिकृत दिनेश खड्काले बताए । सञ्चालन भएको कार्यक्रममा भुकम्प बालविवाह न्युनिकरण सहितकाे बिषयमा यसकाे उदेश्य भुकम्प बाट कसरी सुरक्षित हुने र कसरी बच्ने सम्बन्धि कृतिम अभ्यास गरियो हाे ।१५ वटा बिधालय मा २०८१/१/२३ गते सु...
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत लिने बैठक स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत लिने बैठक स्थगित

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुख र प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई निलम्बन गर्ने सवालमा सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना (संरक्षक रेसम पक्षधर) प्रदेश सभा सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।दुवै पार्टीका प्रदेश सभा सदस्यहरूले आफ्नो कुर्सीबाट उठेर विरोध जनाउँदै रोस्टमसमेत घेराउ गरेका थिए । उनिहरूले नाराबाजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले ३० मिनेट बैठक स्थगित भएको घोषणा गरे। बिहान सवा १० बजे बोलाइएको बैठक ढिलो गरेर सुरु भएको थियो । बैठकको सुरुवातमै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको संसदीय दलको नेता आफू हुँदाहुँदै किर्ते नेता खडा ...
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन्। दोस्रो प्रदेश सभाको तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरुध पारेका हुन्। उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए। सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए। तर, प्रदेश सभा सदस्यहरूले नमानेपछि आधा घण्टका लागि बैठक स्थगित गरिएको हो। उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा रा...
अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

अखिल (समाजवादि)को केन्द्रीय सचिवालयमा बझाङ्गका कमल

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
अखिल समाजवादि अखिल (समाजवादी) को द्रोसो पुर्ण बैठक भएको छ । काठमाडौंकाे कृतिपुरमा नेपालको सबै भन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा अखिल (समाजवादि) का फ्याक्सन इन्चार्ज सिलु सि प्रमुख अतिथि रहनु भएको थियाे । भने संगठनका अध्यक्ष नरेन्द्र सि को अध्यक्षतामा ३ दिन बैठक बस्यो १ दिन बागबजारको पद्मकन्या क्याम्पसमा बस्यो ।बैठकमा पार्टीका महासचिव बिप्लव सि को उपस्थिती रहेको थियाे । भने बिध्यार्थी नेताहरुले लाइनमा लागेर महासचिव बिप्लवलाइ भब्य स्वागत गरेका थिए । देशै भर बाट गयका बिध्यार्थी नेताहरुलाइ महासचिवले प्रसिक्षित गर्नु भयो । ४ दिन सम्म बसेको बैठकले नेपालको बिध्यार्थी आन्दोलन र नेपालका लाखौलाख बिध्यार्थीले भोग्नु परेको समस्याको विषयमा गहिरो छलफल भयो । २३ औ राष्ट्रिय सम्मेलन पछि बसेको अखिल (समाजवादि) को द्रोसो पुण बै...
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्।

समाचार
क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।सन्दीपले पुनरावेदनबाट सफाइ पाएसँगै उनी अब विश्वकप खेल्ने बाटो खुलेको छ। पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। बुधबार मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो। सन्दीपलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो। त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध...
मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै, पाँच सांसद विपक्षमा

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै, पाँच सांसद विपक्षमा

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय पाँच सांसदले भने मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने छैनन्। यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो।बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ। उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ। भोलि विश्वासको मत लिने निर्णय हुन्छ।वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज