Advertisement

NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

Advertisement

राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल बन्ने मूल नाराका ” साथ नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ  धनगढी इकाईले आयोजना गरेको NMSRA कप  २०८१ फुट्सल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको छ ।

२०८१ जेठ महिनाको ४ र ५ गते सम्पन्न भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको दुईवटा टिम सञ्जीवनी अस्पताल, माया मेट्रो हस्पिटल धनगढी, सेती प्रादेशिक हस्पिटल धनगढी, नोभा हस्पिटल धनगढी, सिपी हस्पिटल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली धनगढी, NCDA कैलाली,PDAN कैलाली गरी १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार फाइनल म्याच नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईको टिम १ र सेती प्रादेशिक अस्पताल बीच फाइनल प्रतिस्पर्धा भएको थियो र फाइनलमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाई विजयी   भएको थियो ।

फाइनल प्रतिस्पर्धामा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका खेलाडीहरू गणेश कठायत, रविन रावल ,अमित खड्का, राजेश भट्ट, हरि अधिकारी ,सञ्जय कुस्मी ,फिरोज चौधरीले प्रतिस्पर्धा गर्नुभएको थियो भने सेती प्रादेशिक अस्पतालबाट खेलाडीहरु सचिन शाही ,सुरेन्द्र भट्ट ,रमेश सिंह ,विक्रम बढाइला, संजीव शाही, महेश बिष्ट, रमेश शाही, सन्तोष डिसी, दीपक कार्की सहभागी हुनुभएको थियो, फाइनल गेम ३-२ बीच सम्पन्न भएको हो। 

विजयी टिमलाई नगद रु ३० हजार र संस्थाका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको व्यक्तिगत १० हजार गरी कुल ४० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी द्वारा सम्मान गरिएको हो र साथमा द्वितीय हुने सेती प्रादेशिक अस्पताल को टिमलाई नगद रु १५ हजार प्रमाणपत्र र मेडलद्वारा सम्मान गरिएको हो  प्रतियोगितामा उत्कृष्ट गोल रक्षक रविन रावल हुनुभएको थियो भने उत्कृष्ट खेलाडी सचिन शाही हुनुभएको थियो। खेल नटआउट चरणबाट खेलिएको थियो।, खेल एक भव्य औपचारिक कार्यक्रम समुद्घाटन र औपचारिक समापन गरेर सम्पन्न भएको थियो, कार्यक्रमका सभापति नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी रहनुभएको थियो भने प्रमुख अतिथि नेपाल चिकित्सक संघ का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक बरिष्ठ नाख कान घाँटी  रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट रहनुभएको थियो, विशिष्ट अतिथिमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष तथा धनगढी इकाईका पूर्व अध्यक्ष मिनबहादुर शाह रहनुभएको थियो 

त्यसैगरी अतिथिहरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका पूर्व अध्यक्ष डम्मर बहादुर एरी , नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट , NCDA कैलालीका अध्यक्ष प्रेम बिसी, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका केन्द्रीय पार्षद टेक बहादुर साउद रहनुभएको थियो ,

कार्यक्रममा बोल्दै  सभापति प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिज्यूहरूले फुट्सल टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य एक आपसमा भाइचारा कायम गर्ने , नङ र मासुको सम्बन्ध जुन प्रगाड भएको छ त्यसलाई निरन्तर अगाडि बढाउने उधेश्य ले कार्यक्रम को आयोजना भएको हो।

कार्यक्रमलाई मिडियाको माध्यमबाट सपोर्ट गर्ने पश्चिम टुडे मिडिया हाउस, कामना टेलिभिजन, महेन्द्रनगर ग्यालरी, शोधपत्र डट कम रहनुभएको थियो ,

कार्यक्रमको सञ्चालन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाइका सचिव प्रकाशदेव भट्टले गर्नुभएको थियो भने NMSRA धनगढि युनिट को फुटसल टुनामेन्ट को सँयोजक जिवन खड्का ले गर्नु भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज