Advertisement

NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

Advertisement

“राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल बन्ने मूल नाराका ” साथ नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ  धनगढी इकाईले आयोजना गरेको NMSRA कप  २०८१ फुट्सल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको छ ।

२०८१ जेठ महिनाको ४ र ५ गते सम्पन्न भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको दुईवटा टिम सञ्जीवनी अस्पताल, माया मेट्रो हस्पिटल धनगढी, सेती प्रादेशिक हस्पिटल धनगढी, नोभा हस्पिटल धनगढी, सिपी हस्पिटल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली धनगढी, NCDA कैलाली,PDAN कैलाली गरी १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार फाइनल म्याच नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईको टिम १ र सेती प्रादेशिक अस्पताल बीच फाइनल प्रतिस्पर्धा भएको थियो र फाइनलमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाई विजयी   भएको थियो ।

फाइनल प्रतिस्पर्धामा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका खेलाडीहरू गणेश कठायत, रविन रावल ,अमित खड्का, राजेश भट्ट, हरि अधिकारी ,सञ्जय कुस्मी ,फिरोज चौधरीले प्रतिस्पर्धा गर्नुभएको थियो भने सेती प्रादेशिक अस्पतालबाट खेलाडीहरु सचिन शाही ,सुरेन्द्र भट्ट ,रमेश सिंह ,विक्रम बढाइला, संजीव शाही, महेश बिष्ट, रमेश शाही, सन्तोष डिसी, दीपक कार्की सहभागी हुनुभएको थियो, फाइनल गेम ३-२ बीच सम्पन्न भएको हो। 

विजयी टिमलाई नगद रु ३० हजार र संस्थाका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको व्यक्तिगत १० हजार गरी कुल ४० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी द्वारा सम्मान गरिएको हो र साथमा द्वितीय हुने सेती प्रादेशिक अस्पताल को टिमलाई नगद रु १५ हजार प्रमाणपत्र र मेडलद्वारा सम्मान गरिएको हो  प्रतियोगितामा उत्कृष्ट गोल रक्षक रविन रावल हुनुभएको थियो भने उत्कृष्ट खेलाडी सचिन शाही हुनुभएको थियो। खेल नटआउट चरणबाट खेलिएको थियो।, खेल एक भव्य औपचारिक कार्यक्रम समुद्घाटन र औपचारिक समापन गरेर सम्पन्न भएको थियो, कार्यक्रमका सभापति नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका अध्यक्ष लक्ष्मण ठकुराठी रहनुभएको थियो भने प्रमुख अतिथि नेपाल चिकित्सक संघ का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक बरिष्ठ नाख कान घाँटी  रोग विशेषज्ञ डाक्टर प्रशान्त भट्ट रहनुभएको थियो, विशिष्ट अतिथिमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष तथा धनगढी इकाईका पूर्व अध्यक्ष मिनबहादुर शाह रहनुभएको थियो 

त्यसैगरी अतिथिहरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका पूर्व अध्यक्ष डम्मर बहादुर एरी , नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका निवर्तमान अध्यक्ष दिनेश राज भट्ट , NCDA कैलालीका अध्यक्ष प्रेम बिसी, नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका केन्द्रीय पार्षद टेक बहादुर साउद रहनुभएको थियो ,

कार्यक्रममा बोल्दै  सभापति प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिज्यूहरूले फुट्सल टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य एक आपसमा भाइचारा कायम गर्ने , नङ र मासुको सम्बन्ध जुन प्रगाड भएको छ त्यसलाई निरन्तर अगाडि बढाउने उधेश्य ले कार्यक्रम को आयोजना भएको हो।

कार्यक्रमलाई मिडियाको माध्यमबाट सपोर्ट गर्ने पश्चिम टुडे मिडिया हाउस, कामना टेलिभिजन, महेन्द्रनगर ग्यालरी, शोधपत्र डट कम रहनुभएको थियो ,

कार्यक्रमको सञ्चालन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी इकाइका सचिव प्रकाशदेव भट्टले गर्नुभएको थियो भने NMSRA धनगढि युनिट को फुटसल टुनामेन्ट को सँयोजक जिवन खड्का ले गर्नु भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज