Advertisement

कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

Advertisement

धनगढीः नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ। नापी कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीबाट हाकाहाकी घुस वाफतको रकम असुल्न थालेका हुन्।

कर्मचारीलाई घुस नदिएसम्म सेवा पाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। यतिसम्म कि नापी कार्यालय धनगढीबाट सेवा लिँदा जनप्रतिनिधिसँग समेत खुलेआम घुस मागेको तथ्य बाहिर आएको छ। गौरीगङ्गा नगरपालिका–४ का वडा सदस्यसँग नापी कार्यालय धनगढीका सर्वेक्षकले दुई लाख रुपैयाँ घुस मागेको तथ्य बाहिर आएको छ।

हाकाहाकी घुस माग्छन् नापीमा

गौरीगङ्गा नगरपालिका–४ का वडासदस्य हुन् बलराम सापकोटा। सापकोटा आफ्ना तीन जना भाइसहित बैशाख २१ गते नापी कार्यालय पुगेका थिए। आफ्नो नाममा रहेको जग्गाको लगतकट्टा गर्न र चार कित्तामा अंशबण्डा भएको १६ कट्टा जग्गाको लालपुर्जा लिन भाइहरूसँगै वडा सदस्य सापकोटा नापी कार्यालय पुगेका हुन्। तर, नापी कार्यालय धनगढीका सर्वेक्षकले सडकको लगतकट्टा गरे बापत घुस मागेको वडा सदस्य सापकोटाको दाबी छ।

चौमाला फिल्डको जिम्मेवारी पाएका सर्वेक्षक जयबहादुर साँकीले दुई लाख रुपैयाँ घुस मागेको सापकोटाको दाबी छ। ‘नापी कार्यालयको मुद्दा फाँटबाट फायल तयार गरेर चौमाला हेर्ने सर्वेक्षक जयबहादुर साँकीको फाँटमा जाँदा साँकीले लगतकट्टा गरेको दुई लाख लाग्ने बताए,’ उनले भने, ’पैसा नदिँदासम्म काम नहुनेदेखेपछि धनगढीको एक होटेलमा कुराकानी गर्दा साँकीले डेढ लाखमा काम गरिदिने भोलि १० बजे नै काम गरिदेने बताएका छन्। जसको अडियो हामीसँग सुरक्षित छ।’

एक दिनमा सकिने काममा १५ दिन लगाइयो

बैशाख २१ गते नापी कार्यालय आएका सापकोटासँग लगतकट्टा गर्दा राजस्वबाहेक दुई लाख घुस मागिएको हो। घुस दिन नमान्दा सापकोटाको जग्गाको लगतकट्टा गर्न नापी कार्यालयले १५ दिन लगाएको हो। लगातार तीन दिनसम्म कार्यालयमा आउँदा तेस्रो दिन सर्वेक्षक साँकीले धनगढीको एक होटलमा सापकोटासँग पैसा माग्न बार्गेनिङ गरेको दाबी गरिएको छ।

बार्गेनिङपछि एक लाख ५० हजारमा लगतकट्टा गर्न सर्वेक्षक साँकी तयार भएको अडियो सम्बाद आफूसँग सुरक्षित रहेको सापकोटाको दाबी छ। हाकिमसँगको मिलेमतोमै नापी कार्यालय धनगढीका कर्मचारीले सेवाग्राहीसँग घुस माग्ने गरेको आरोप सापकोटाले लगाएका छन्। उनले घुस मागेको गुनासो गर्दासमेत नापी कार्यालय प्रमुखले सर्वेक्षक साँकीलाई कारबाही नगरेको बताए।

‘नापी कार्यालयमा हाकिमकै इसारामा घुस माग्ने काम हुन्छ भन्ने मलाई शङ्का लागेको छ। हामीले सर्वेक्षक साँकीले कार्यकक्षमै दुई लाख घुस मागे भन्दा समेत उनलाई हाकिमले फाँटको जिम्मेवारीबाट अझै हटाएका छैनन्। यसबाट हाकिमको समेत मिलेमतो छ भन्ने लागेको छ,’ सापकोटाले भने।

सापकोटाका छिमेकीबाट दुई लाख घुस

नापी कार्यालय धनगढीमा कार्यरत सर्वेक्षक जयबहादुर साँकीले भने सेवाग्राहीसँग घुस नमागेको दाबी गरेका छन्। तर सापकोटाले आफ्नै एकजना छिमेकीबाट कित्ताकाट गरेको साँकीले दुई लाख घुस खाएको बताएका छन्। सर्वेक्षक साँकीले घुस मागेको गुनासो प्रमुख नापी अधिकृत जनकराज भट्टसँग गर्दा समेत साँकीलाई सचेतसम्म नगराएको सापकोटाको गुनासो छ। तर, गुनासो आएपछि सबैजना कर्मचारी बसालेर सचेत गराएको प्रमुख नापी अधिकृत भट्टको दाबी छ। ‘गुनासो आएपछि स्टाफ बैठक बसालेर सचेत गराउने काम गरिएको छ। उहाँले पनि घुस मागेको प्रमाण दिनु भएको छैन,’ प्रमुख नापी अधिकृत भट्टले भने।

प्रमुख जिल्ला अधिकारी भन्छन् घुस मागिए तुरुन्त खबर गर्नुहोस्

गत असोजमा नापी कार्यालयमा प्रमुख भएर आएका प्रमुख नापी अधिकृत भट्टले नै मातहतका कर्मचारीलाई सेवाग्राहीसँग घुस उठाउन परिचालन गर्ने गरेको आरोप छ। उनी आएपछि घुस उठाउने कर्मचारीको मनोबल बढेको तर्क समेत गरिएको छ। जुनसुकै कार्यालयमा पनि सेवाग्राहीको काम समयमा गर्न कर्मचारीबाट आनाकानी भए तथा नाजायज रकम माग भए तुरुन्त अख्तियार दुरुपयोग आयोग तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आग्रह गरेका छन्। ‘जुनसुकै कार्यालयमा पनि कानूनबाहेक अन्य कुनै पनि किसिमको रकम उठाउन पाइन्न। काममा ढिलासुस्ती भए या पैसा मागिए सेवाग्राहीले अख्तियार या जिल्ला प्रशासन कार्यालय सम्पर्क गर्न आग्रह छ। गलत गर्नेलाई कानूनअनुसार कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

कहाँ–कहाँ मागिन्छ घुस?

धनगढीमा बढी भिडभाड हुने कार्यालयमा खुलेआम कर्मचारीले घुस माग्ने गरेका छन्। मालपोत तथा नापी कार्यालयमा लेखापढी गर्ने र जग्गा कारोबारीले सेवाग्राहीबाट रकम उठाउन विचौलियाको काम गर्ने गुनासो गरिएको छ। नापी कार्यालयमा भने हाकिमका नजिक रहेका कर्मचारीहरूले आफैं घुसका लागि बार्गेनिङ गर्ने गरेको केही घटना सार्वजनिक भएका छन्। धनगढीमा नापी कार्यालय मालपोत, भन्सार तथा यातायात व्यवस्था कार्यालयमा घुस नदिँदासम्म कुनै पनि काम गराउन नसकिने सेवाग्राहीले गुनासो गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज