Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 235 of 375 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

एनपिए बाग्मती प्रदेशद्धारा चितवनमा फार्मासिस्ट हरुका लागि एक दिने कार्यशाला हुदैँ

समाचार
भरतपुर । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) बाग्मती प्रदेशले फार्मासिस्टहरुका लागी चितवनमा एक दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । एसोसिएसनले आगामी जेठ १९ गते शनिबार सामुदायिक र अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स  इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी विथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला संचालन गर्न लागेको हो । कार्यशालामा औषधी गुणस्तर, जिपीपी (सामान्यीकृत पस्ट्युलर सोरायसिस), जिएसडिपी ( राम्रो भण्डारण र वितरण अभ्यासहरू), म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापन विषयमा छलफल गरिने छ । हलिडे पार्टी प्यालेस भरतपुर ७ मा विहान ११ बजे देखी संचालन हुने कार्यशालामा अस्पताल तथा सामुदायिक फार्मेसीमा कार्यरत र उल्लेखित मेडिकल सिप प्राप्त गर्न ईच्छुक फार्मासिस्टहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ । ...
यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

दैनिक, मुख्य समाचार, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ। यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।  मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्। त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्र...
निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी

मुख्य समाचार, राजनीति, समाचार
  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताएका छन् ।  सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘संघीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उनले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताएका हुन् । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उनको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उनले बताए । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताए । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिन...
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ डा अब धनगढि मा …

समाचार
काठमाडौ डाइबिटिज एन्ड थाइराइड सेन्टर का वरिष्ठ थाइराइड, मधुमेह हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि अषाढ १ गते शनिबार बिहान ९ बजे देखि साझ को ४ बजे सम्म आउने फार्मेसि सँचालक भैरब बोहरा ले जानकारी दिनु भएको छ । 
सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

सडक विभाग र सडक डिभिजन कार्यालयको गेटमा महानगरले फाल्यो एक ट्रक धुलो

दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत ती दुई कार्यालयको गेट अगाडि एक ट्रक फोहोरसहितको धुलो फालेको भिडिओ सार्वजनिक गरेका छन्। मेयर बालेनले भिडिओ सार्वजनिक गर्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठप्रति लक्षित गर्दै स्टाटस समेत लेखेका छन्। उनले चक्रपथ विस्तारअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको रिङरोड विस्तारका नामममा धेरै धुलो र कष्ट ब्यहोर्नुपरेको र त्यसको दोष महानगरले पाएको भनेका छन्। ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ जसले गर्दा महानगरवासीद्ये धुलोधुवाँ खानुपरेको छ। त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ। पुग्न अबेला भोग्नु परेको छ। र काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ। यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँ...
डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोको बुनेर खर्चको जोहो गर्छन् डोटीका शेर र शेरू

डोटी, दैनिक, मुख्य समाचार, रोजगार, समाचार, सुदूरपश्चिम
डोको बुनेर डोटीका दुई किशोरले अध्ययन गर्नका लागि चाहिने सामानको खर्चको जोहो गर्दै आएका छन्। डोटीको केआईसिंह गाउँपालिका-४ दुर्गामाण्डौँ वायलका शेरू विक र शेर विकले निगालोबाट बन्ने डोको लगायतका सामग्री बनाएर बिक्री गर्दै आएका छन्। उनीहरू दुबै जना सोही ठाउँमा रहेको झिमे मालिका माध्यमिक विद्यालयमा अध्ययनरत छन्। शेरू कक्षा १० र शेर कक्षा ८ मा अध्ययन गरिरहेका छन्। उनीहरू क्रमशस् १६र १५ वर्षका भए। उमेरले कलिलै भए पनि काममा भने दुबै दाजुभाइ पाका देखिन्छन्। बाँस तथा निगालाको चोयाबाट बन्ने डोका, छाप्रा, नाङ्लो तथा गोदा बुन्दै आएका विक दाजुभाइ विद्यालय विदाको दिन निकै व्यस्त हुन्छन्। विद्यालयमा सार्वजनिक बिदा परेको दिन उनीहरू डोका डाला बुन्नमा ब्यस्त हुन्छन्। घरायसी परिस्थिति कमजोर छ, काम नगरी पढ्न सकिने अवस्था छैनझ यो काम गर्न थालेपछि आफूलाई पठनपाठनमा सहज भएको शेरले बताए। उनले आफ्ना बुवाबाट यो...
धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने

समाचार
धनगढी : कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ। जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको हो।  साहारा नेपाल युवा क्लबले सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण गर्ने भएको हो। प्रतियोगिता टि–२० फरमेटको प्रणालीबाट खेलाइने छ। धनगढी उपमहानगरपालिका– १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ। जेठ १६ गतेदेखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ। प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए। । अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाईदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए।  प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।...
नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

नेकपा माओवादी केन्द्रकाे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु

बझाङ, राजनीति, सुदूरपश्चिम
आज बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे झाेतामा कार्यक्रम सुरु भएको हाे । नेकपा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य शकर खड्काकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणि पाेख्रेल प्रमुख अतिथि सह- ईन्चार्ज तथा पुर्व मन्त्री विना मगर विशिष्ट अतिथि माअाेवादीका केन्द्रीय कमिटी सदस्य नेता मिनबहादुर कुवर सहित नेता कार्यक्रताहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन नेकपा माअाेवादी केन्द्रकि नेतृ देवकी मल्लले गर्नुभएको थियाे । बझाङमा सुरु भएको कार्यक्रममा प्रत्येक पालीकाकाे विषयमा जानकारी गराउने रहेको छ ।...
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि  अष्पताल लाईनमा …

प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि अष्पताल लाईनमा …

समाचार
प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि को  अष्पताल  लाईन मा रहेको  बुढिगँगा फार्मेशि मा यहि जेष्ठ १२ गते आउने फार्मेसि सँचालक बिजय के सि  ले जानकारी दिनु भएको छ ।  निसन्तान दम्पति हरु को दुरबिन पद्दति द्वारा पाठेघर को जाँच , हार्मोनल कमि तथा महिनावारि गढबढि जस्ता समस्या हरु को समधान को लागि काठमाडौं को शृद्दि आई भि एफ एण्ड फर्टिलिटि सेन्टर मा कार्यरत डा दिपमला कार्कि द्वारा चेकजाँच गरिने सचाँलक केसि ले बताउनु भयो । ...
धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो। काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास ...
मेवा बारे वास्तबिक भ्रम : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

मेवा बारे वास्तबिक भ्रम : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

समाचार
गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ ।  हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् । तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । के मेवा साँच्चै तातो हुन्छ र गर्मीमा यसलाई खानु हुँदैन? पोषण बिद भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ ।  हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ।  मेवा हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ...
सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे

सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे

कैलाली, मुख्य समाचार, शिक्षा, समाचार
विद्यार्थीले पढेर,सिकेर आर्जन गरेको सीपलाई सार्थकता प्रदान गर्न धनगढीको नेपाल वेस्टर्न एकेडेमीमा विएचएम फुड कुकिङ कम्पीटिसन सम्पन्न गरिएको छ । कैलालीको धनगढी सन्तोषी टोलमा रहेको नेपाल वेस्टर्न एकेडेमीमा होटेल म्यानेजमेन्ट बिषयमा स्नातक पढिरहेका ४ वटा सेमेस्टरको विद्यार्थीहरु विच फुड कुकिङ कम्पीटिसन गराइएको हो । फुड कुकिङ कम्पीटिसनमा सहभागि विद्यार्थीहरुले कलेजमा पढेका,सिकेका विभिन्न खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले पढेर सिकेको सीपलाई प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए । शनिबार सम्पन्न फुड कुकिङ कम्पीटिसनमा विएचएम सेकेण्ड,फोर्थ,फिप्थ र सिक्थ सेमेस्टरको विद्यार्थी सहभागि भएका थिए । प्रतिस्पर्धामा नेपालको मौलिकता झल्किने खानाका परिकारहरु ढिँडो,सिस्नुको साग,तिलको अचार,लोकल कुखुराको मासु,सुकेको माछाको चटनी बनाउँदै विएचएम सिक्र्थ सेमेस्टर प्रथम स्थान प्राप्त गर्न सफल भएका थि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज