कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी । कैलाली कारागारभित्र कैदीबन्दीको रहस्यमय मृत्यु भएको घटनाको एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए।
उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेका उनको मृत्यु भएको बताएको छ।
उता कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगाएको थियो। तर त्यसमा सत्यता नभएको प्रहरीकै दाबी छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकले कारागारभित्र विष सेवन गरेको देखिएको छ। यस्तै कैल...











