सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सीप तथा रोजगार मेला जारी छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेला खुलामञ्चमा चलिरहेको छ
उक्त मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ ।
रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् ।
घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथ...












