Advertisement

हाम्रो बारेमा

छाउपडी प्रथा अन्त्य गर्न सुदूरपश्चिम र कर्णालीमा  ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी

छाउपडी प्रथा अन्त्य गर्न सुदूरपश्चिम र कर्णालीमा ७ सय ७५ छाउगोठ भत्काइए : मन्त्री सुडी

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाडौँ- सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका ७ सय ७५ छाउगोठ भत्काइएको बताइएको छ । शुक्रवारको राष्ट्रियसभा बैठकमा मर्यादित महिनावारीसम्बन्धी संकल्प प्रस्तावमाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर शाह सुडीले यस्तो बताएका हुन्। उनका अनुसार कर्णाली प्रदेशको जाजरकोटमा एक, कालिकोटमा १५, सुर्खेतमा २९७ तथा सुदूरपश्चिम प्रदेशको बझाङमा २०, कैलालीमा ६९, बाजुरामा १६८ र अछाममा २२१ गरी जम्मा ७७५ छाउगोठ भत्काइएका हुन्। छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कानूनी दायरामा ल्याउने प्रयास गरिएको उनको भनाइ छ। उनले समुदाय–प्रहरी साझेदारीमार्फत महिला हिंसा र छाउपडी कुप्रथाविरुद्धको अभियानलाई उच्च प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए। महिनावारीमा गर्ने भेदभाव, विभेद र शोषण तथा अन्यायको अन्त्य गरी सुसज्जन समाज निर्माणको लागि मर्यादित मह...
सुदूरपश्चिममा व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह

सुदूरपश्चिममा व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले स्वरोजगार व्यवसाय गर्न चाहने विपन्न व्यक्तिलाई विनाधितो कर्जा प्रवाह गरेको छ । प्रदेश सरकार,आर्थिक मामिला मन्त्रालय मातहतको स्वरोजगार विकास कोषले सहकारी संस्थासँगको वित्तीय साझेदारीमार्फत २ हजार ९ सय १६ विपन्न व्यक्तिलाई विनाधितो ६० करोड दुई लाख कर्जा उपलब्ध गराउन थालेको हो । कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारीमार्फत विपन्न व्यक्तिले बढीमा तीन लाखसम्म सहुलियत ब्याजदरमा खुद्रा कर्जा प्राप्त गरिरहेको बताए । कोषको कार्यक्रमको पहुँच प्रदेशभरिका सबै पालिका तहमा भने पुगेको छैन । ३७ स्थानीय तहमा कोषको पहुँच पुगेको छ । यी स्थानीय तहमा सञ्चालित ९९ सहकारीसँग वित्तीय साझेदारी गरेर कर्जा प्रवाह गरिरहेको छ । बाँकी ५१ स्थानीय तहमा कोषको पहुँच विस्तार गरी कर्जा प्रवाह गर्ने प्रयास भइरहेको छ । ’कर्जा प्रवाह...
ऐन महरविरुद्धको मुद्दा प्रक्रिया पुर्याएर गर्न अदालतको आदेश, फैसला उनको पक्षमा हुने सम्भावना

ऐन महरविरुद्धको मुद्दा प्रक्रिया पुर्याएर गर्न अदालतको आदेश, फैसला उनको पक्षमा हुने सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं: नेकपा (एमाले) का नेता ऐन महरविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पुनः प्रक्रिया पुर्याएर गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अदालतले जाहेरवालाको उजुरीमाथि अनुसन्धान नगरी तामेलीमा राख्ने प्रहरी र सरकारी वकिलको निर्णय बदर गरे पनि ऐन महर दोषी रहेको भन्ने कुनै ठोस निष्कर्ष ननिकालेको स्पष्ट गरेको छ। न्यायाधीश व्रिजेश प्रसाद कुशरे र कृष्णराम कोइरालाको संयुक्त इजलासले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उजुरीलाई पुनः प्रक्रिया पुर्याएर गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ऐन महरको कानुनी अवस्था अझ स्पष्ट र महरतर्फ बलियो हुँदै गएको देखिन्छ। बझाङकी रस्मीला कुमारी धामीले ऐन महरविरुद्ध जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंमा जबरजस्ती करणीको उजुरी दर्ता गराएकी थिइन्। तर, प्रहरी अनुसन्धानका क्रममा जाहेरवालाले आरोप पुष्टिका लागि पर्याप्त प्रमाण पेश गर्न नसकेको निष्क...
बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

बझाङमा प्रमुख जिल्ला अधिकारी फेरि, को आउँदैछन् नयाँ सिडिओ..

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी फेरि दिएको हो । मन्त्रालयले बझाङका प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई उनको ठाउँमा पठाएको छ ।
आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना

आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ– आज सातै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशको केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्र बाहेक उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपात पनि हुने सम्भावना छ । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव कायमै रहेकाले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।...
कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ४ जना लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको धनगढीमा दुई युवक र दुई युवती लागूऔषधसहित पक्राउ परेका हुन । लम्कीचुहा नगरपालिका ९ घर भई हाल धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रेनुका चौधरी र १८ वर्षीया किशोरीलाई लागूऔषधसहित बिहीवार पक्राउ गरिएको हो। यी दुबै युवतीलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। यस्तै धनगढी उपमहानगरपालिका-३ फिस रिसोर्ट नजिक सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-०२ प ०१४० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालकले हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अबस्थामा चालक बोराडाँडी बस्ने २४ वर्षीय श्यामलाल राना र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका-६ बस्ने २१ वर्षीय रवी चौधरी पक्राउ परेका छन्। यी दुबै युवकलाई १५० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। यी चारै जनालाई वडा प्रहरी कार्यालय धन...
गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु

गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ। फागुन ८ गते गोदावरीको गेटास्थित आरबी फ्लोर मिल नजिकै से ७ प ५५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका ७४ वर्षीय बल्के लुहारको मृत्यु भएको हो । फागुन २३ गते अस्पतालबाट उपचार गरेर डिस्चार्ज भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ बस्ने लुहारको बिहीबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)  कबिन्द्र सिंह बोहराले बताए । उनकाअनुसार लुहारको मृत्युअघि नियन्त्रणमा लिइएका चालक शुक्लाफाँटा-१२ बस्ने २८ वर्षीय मानबहादुर राना उनी डिस्चार्ज भएपछि छुुटेका थिए तर मृत्यु भएपछि भने प्रहरीको सम्पर्कमा रहेको बताइएको छ।...
कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार
धनगढी- कैलाली र कञ्चनपुरका राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ उल्लासपूर्वक मनाउँदैछन् । आज शुक्रबार यी क्षेत्रमा बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ। सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ। राना थारू समुदायका नागरिकहरूको दीर्घायु, रोगव्याधीबाट मुक्ति तथा नकारात्मक शक्तिबाट बचाउन यो पर्व मनाइने गरिएको छ। राना थारू समुदायमा फागु पूर्णिमादेखि एक महिनासम्म परम्परागत शैलीमा होली मनाइने चलन छ। यस अवधिमा प्रत्येक राति होली मनाइन्छ। खखडेहरा पर्वको दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जाने परम्परा छ। खखडेहरा फुटाउने क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री आवश्यक पर्छ। राना थारू समुदायका हरेक घरबाट मानिसहरू ब...
बर्सेनी घट्दो भँगेराको सङख्या

बर्सेनी घट्दो भँगेराको सङख्या

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- केही वर्षदेखि भँगेराको सङ्ख्या घटिरहेको छ। सिमेण्टेड पक्की घर बन्ने क्रम बढेपछि बासस्थान अभावमा भँगेराको संख्या घटेको हो। तीव्ररूपमा भइरहेको शहरीकरणका कारण भँगेरा घटिरहेको सरोकारवाला बताउँछन्। गुँड लगाउन ठाउँ नै नभएपछि भँगेरा घट्दै जानु स्वाभाविक भएको शुक्लाफाँटा नगरपालिका- ३ का पहरू दहितले बताए। ‘भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके’, उनले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो आँगनमाबिस्कुन खान आउँछन्।’ अहिले आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्। चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु ह...
डोटीमा कक्षाकोठा अभावका कारण खुल्ला चौरमा पठनपाठन, खुला ठाउँमै शौच

डोटीमा कक्षाकोठा अभावका कारण खुल्ला चौरमा पठनपाठन, खुला ठाउँमै शौच

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीको एक विद्यालयमा कक्षाकोठा अभावका कारण विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठा अभावका कारण खुला चौरमा पढ्न बाध्य भएका हुन्। विद्यालय २०४५ सालमा स्थापना भएको भएपनि आवश्यक भवन निर्माण हुन नसक्दा वर्षौंदेखि विद्यार्थीहरू नजिकैको मालिका मन्दिरको प्राङ्गणमा पठनपाठन गराउँदै आएकोे प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिए । हाल विद्यालयमा अध्यनरत ९२ जना विद्यार्थी भएतापनि दुईवटा मात्र कक्षाकोठा रहेका छन् । तीमध्ये एक कोठा विद्यालय प्रशासनका लागि प्रयोग गरिँदा अर्को कोठामात्र कक्षा सञ्चालनका लागि रहेको छ। “२०७९ कात्तिक २३ गतेको भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको थियोे । दुई वटा टिनले छाएका कोठा जीर्ण अवस्थामा छन्,” प्रधानाध्यापक जोशीले भने, “पटक–पटक प्रदेश तथा स्थानीय सरका...
कैलालीमा एसईईको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ

कैलालीमा एसईईको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ

कैलाली, ताजा अपडेट, शिक्षा, समाचार
धनगढी- कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जना शिक्षक पक्राउ परेका छन । जिल्लाको लम्किचुहा नगरपालिका -४ कैवापुरमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक दीपक धमाला प्रश्नपत्रसहित पक्राउ परेका हुन । उनलाई राष्ट्रिय माध्यमिक विद्यालय मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन ।...
दार्चुलामा चालू आर्थिकको १० महिनासम्म भिरबाट लडेर १३ जनाको मृत्यु

दार्चुलामा चालू आर्थिकको १० महिनासम्म भिरबाट लडेर १३ जनाको मृत्यु

ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा १० महिनाको अवधिमा भिरबाट लडेर १३ जनाको मृत्यु भएको छ। जिल्लामा चालु आर्थिक वर्षको असार देखि चैत्र ५ गते सम्म भीरबाट लडेर १३ जनाको मृत्यु भएको हो । साउन महिनामा १ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ। त्यस्तै भदौ महिनामा २ जना, मंसिर महिनामा ३ जना, पुषमा १ जना, माघमा ३ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ। त्यस्तै फागुन महिनामा २ जना र चैत्र महिनाको हाल सम्म १ जनाको भीरबाट लडेर मृत्यु भएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज