नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन
धनगढी– छ अर्ब ५८ करोड रुपैयाँ खर्चिएर तयार गरिएको कैलालीको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी बेवास्ता, नीतिगत अन्योल र राजनीतिक दाउपेचका कारण कलेज अन्योलमा परेको हो।
२०७३ सालमा सुरु गरिएको कलेजको संरचना ५१ हेक्टरमा फैलिएको छ, जसमा ६ सय शय्याको अस्पताल र ४२ वटा अन्य भवन तयार अवस्थामा छन्। एमबिबिएस पढाइको लागि आवश्यक फर्निसिङसमेत पूरा भइसकेको छ।
तर, अहिलेसम्म तीन जना प्रमुख फेरिइसकेका छन् र ६३ जना करार तथा ज्यालादारी कर्मचारी पुसदेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन्। अस्थायी दरबन्दी स्वीकृत नहुनु र मन्त्रालयबीचको समन्वय अभावले सेवा विस्तार गर्न नसकिएको हो।
२०८० असारमा सरकारले १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको मात्र अस्थायी स्वीकृति दिएको छ। अस्पताल भने स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा आइसकेको छ, तर अन्य संरचना अ...












