Advertisement

सुदूरपश्चिम कराते प्रतियोगिता सम्पन्न, कैलाली प्रथम

Advertisement

धनगढी- चैत २७ गतेदेखि धनगढी रंगशालामा सुरु भएको ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा सम्पन्न प्रतियोगितामा करिब ७०० खेलाडी, ५० जना रेफ्री, प्रशिक्षक र व्यवस्थापकसहित ८०० भन्दा बढी करातेकर्मीको सहभागिता रहेको थियो।

प्रतियोगितामा २५ स्वर्ण पदकसहित कैलाली जिल्ला प्रथम स्थानमा रहँदा, १८ स्वर्ण पदक जित्दै कंचनपुर जिल्ला दोस्रो स्थानमा पुगेको छ। तीन स्वर्ण पदक प्राप्त गर्दै अछाम जिल्ला तेस्रो स्थानमा रहेको छ।

समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउबाले विजयी खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरे।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीलगायत विभिन्न खेल संघसंस्था, प्रशिक्षक, सरकारी कर्मचारी, पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक उपाध्यायलाई सामाजिक सेवामा योगदान दिएको भन्दै नगदसहित सम्मान गरिएको थियो। उपाध्याय सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्वास्थ्य दूतमा नियुक्त भइसकेका छन् र उनले हालसम्म १०८ पटक रक्तदान गरिसकेका छन्।

त्यस्तै, जापानमा रहेकी अन्तर्राष्ट्रिय कराते खेलाडी पुष्पा मडैलाई पनि सम्मान गरिएको थियो। उनी हाल जापानमा रहेकाले सम्मान उनका बुवाले ग्रहण गरेका थिए।

प्रमुख अतिथि देउवाले खेलकुदले व्यक्ति अनुशासित बनाउने भन्दै यसको छुट्टै महत्व रहेको बताए। साथै, उनले सुदूरपश्चिममा अझै खेलकुद पूर्वाधारको अभाव रहेकोमा चिन्ता व्यक्त गरे।

उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २७ गते गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज