Advertisement

हाम्रो बारेमा

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । Advertisement   बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो ।  गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।  Advertisement  घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।

सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । Advertisement बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । Advertisement घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।

समाचार
वीरेन्द्रनगर —सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध - ४ घर भइ वीरेन्द्रनगर नगरपालिका - १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।...
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

समाचार
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो । गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्...
सोल्टी होटलमा संसदीय समितिको बैठक, बिल तिर्ने बेला झमेला

सोल्टी होटलमा संसदीय समितिको बैठक, बिल तिर्ने बेला झमेला

समाचार
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले सोल्टी होटलमा बैठक राख्दा भएको खर्चको बिल तिर्ने विषयमा विवाद भएको छ । विवादका कारण ६ महिनासम्म होटलको बिल भुक्तानी गरिएको छैन । २७ वैशाख २०८१ मा काठमाडौंको सोल्टी होटलमा प्रिबजेट छलफल राखेको थियो । उक्त कार्यक्रमबापत होटलले तीन लाख ३५ हजार रुपैयाँको बलि पठाएको छ । तर, यो बिल तिर्ने विषयमा संघीय संसद सचिवालय र अर्थ समितिका बीचमा विवाद भएको हो । मंगलबार सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयक र समितिहरूको विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतक तथा संसदीय समितिका सभापतिहरूलाई बोलाएका थिए । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रि बजेट छलफल गर्दाको खर्च संसद सचिवालयले नबेहोरेको भनेर प्रश्न उठाएका थिए । त्यसपछि संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सिं...
अमेरिका गएका वडाध्यक्ष ९ महिनसम्म फर्किएनन्

अमेरिका गएका वडाध्यक्ष ९ महिनसम्म फर्किएनन्

समाचार
अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो। गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो। उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए। वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।...
फिल्म हलभित्र खाद्य तथा पानी एमआरपीभन्दा बढीमा बेच्न नपाइने, नत्र कारबाही हुने

फिल्म हलभित्र खाद्य तथा पानी एमआरपीभन्दा बढीमा बेच्न नपाइने, नत्र कारबाही हुने

समाचार
फिल्म हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ । बढी मूल्य लिनेलाई कारबाही हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ती जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा बिक्री–वितरण गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । विभागले यही कात्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार संरक्षण गर्ने विषयमा छलफल गरेको थियो । छलफल र अन्तर्क्रिरयापश्चात् चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्...
हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

हिउँ चितुवा दिवस : जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

समाचार
काठमाडौँ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ । वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ । डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प...
भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई  सत्तारूढ ७ दलले आग्रह

भिड जम्मा पारेर अदालतलाई प्रभावित नपार्न रास्वपालाई सत्तारूढ ७ दलले आग्रह

समाचार
बालुवाटारमा बसेको सत्तारूढ ७ दलको बैठक सकिएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक सय दिन पूरा भएको अवसरमा सरकारका कामकारबाही समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका दलहरूका बीचमा कुराकानी भएको हो। प्रधानमन्त्री ओलीको आह्वानमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागी रहेका थिए। कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छन्। जसपा नेपाल र जनमत पार्टीले सरकारलाई समर्थन गरेको छ। यी सात दलका शीर्ष नेताहरूबीच बालुवाटारमा बुधबार मुख्य गरी तीन वटा विषयमाथि केन्द्रित रहेर कुराकानी भयो। पहिलो, सरकारका १०० दिनका उपलब्धि। दोस्रो, भावी कार्यक्रमलगायत बारे सत्ता गठबन्धनभित्रै पुन: छलफल। र तेस्रो, सहकारीसम्बन्धी। ७ दलको बैठकपछि प...
पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

समाचार
७ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् । सोही दिन राति उनलाई पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा...
बालुवाटारमा सत्तारूढ ६ दलको बैठक सुरू

बालुवाटारमा सत्तारूढ ६ दलको बैठक सुरू

समाचार
प्रधानमन्त्रीको आह्वानमा सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बैठक बसेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता चौधरीलगायत नेताहरूबीच बालुवाटारमा छलफल भएको हो। एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको एक सय दिन पुगेको छ। सरकारका कामकारबाहीका समीक्षा र भावी कार्यक्रम तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दलहरूको बैठक बसेको हो। प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सरकारका उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम पनि छ। कांग्रेस र...
रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप

रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप

समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराका सहकारी पीडितलाई धम्क्याउन थालेको पीडितहरुले आरोप लगाएका छन्। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा नेता तथा कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्र्रलोपनमा पार्ने र भड्काउने जस्ता गतिविधी गरेको आरोप लगाएका हुन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि रास्वपा कार्यकर्ताले पोखरामा दिनहुँ आन्दोलन गर्दै आएका छन्। उनीहरुले आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुले बताएका छन्। ‘अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम पोखरामा दिनहुँ जसो भइरहेका छन्, पार्टीका कार्यकर्ताद्धारा पीडित लखेटिएका छन्। पिटिएका छन्। विगत २ बर्षदेखि यो पार्टी सरकारम...
अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डाै – अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका 'ए' ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका 'ए' का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बनाए । अमेरिका 'ए' का आरिन नदकर्नीले ४ विकेट लिए । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज