Advertisement

नीजि शिक्षक पाल्न अछाममा युवा क्लबले देउसी भैलो खेलेर ३ लाख संकलन

Advertisement

जिल्लाको चौरपाटी गाउँपालिका १ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ । मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो ।

लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी–भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो ।

क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ । हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।

क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ। क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक राखिएको छ ।

यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले आर्थिक सहयोग गर्दै आइरहेको छ। आफ्नो गाउँ टोलमा विभिन्न समयमा भएमा क्लबले समधान समेत गर्ने गरेको क्लबका अध्यक्ष देव बहादुर साउदले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज