Advertisement

घरको छतमा कृत्रिम वातावरण बनाएर केशरखेती गर्दै विवेक

Advertisement

दाङका एक युवाले आफ्नो घरको छतमा छुट्टै वातानुकूलित कोठा बनाएर बहुमूल्य जडीबुटी मानिने केशरको खेती सुरु गरेका छन्।

घोराही उपमहानगरपालिका–१०, नारायणपुरका २८ वर्षीय विवेक अधिकारीले केशरलाई चाहिने कृत्रिम वातावरण तयार गरेर खेती सुरु गरेका हुन्।

विवेकले चार वर्षअघि भारतको पञ्जावबाट बिएस्सी एजी (कृषिमा स्नातक) तहको पढाइ पूरा गरेका थिए। घर फर्केपछि उनले जिल्लामै सञ्चालित विभिन्न कृषि फर्महरूमा काम गरे।

कामकै सिलसिलामा उनले आफ्नो पढाइअनुसार आफैले कुनै नयाँ काम गर्ने सोच बनाए। विकल्पहरूको खोजी गर्दै जाँदा ‘बहुमूल्य’ र ‘दुर्लभ’ मानिने वनस्पति केशरको खेती गर्ने निर्णयमा पुगे।

उनले भारतबाट प्रतिकेजी तीन हजार रुपैयाँका दरले उच्च गुणस्तरको तीन सय केजी गानो (कम्स) ल्याए। त्यसलाई प्रशोधन गर्दा गर्दा २५० केजी रोप्नका लागि तयार भयो।

उनले अनुकूल वातावरण तयार गरेर रोपेका बिरुवामा सात हप्तामा फूल लाग्यो। सात महिनाअघि सुरु गरेको तयारीमा छतभरि केशर फुलेपछि विवेक आफ्नो सपना फुलेको ठानेर प्रसन्न छन्।

भन्छन्, ‘यो केशर होइन, मेरो मिहिनेत र सपना फुलेको हो। हालसम्म मैले साढे चार सय ग्राम फूल संकलन गरिसकेको छु।’

यस वर्ष आठ सय ग्राम जति केशर संकलन हुने उनको अनुमान छ। उनका अनुसार केशरको मूल्य प्रतिग्राम कम्तीमा एक हजार रुपैयाँ छ। यस हिसाबले एक किलोग्रामको १० लाख रुपैयाँ पर्छ।

उनले आफूले उत्पादन गरेको केशर आफ्नै ब्रान्डमा बेच्ने सोच बनाएका छन्। भन्छन्, ‘काँचको बट्टामा प्याकिङ गरेर आफ्नै ब्रान्डमा बेच्ने सोचका साथ काम गर्दै छु।’

उनले आफ्नै नाममा ‘सन राइज कृषि फर्म’ दर्ता गराएका छन्।

विवेकका अनुसार केशरको फूल टिपेपछि सुरुमा टिस्यु पेपरमा राखेर छायामा सुकाउनुपर्छ। पूरा सुकेपछि एयर टाइट (हावा नछिर्ने) बोतलमा बन्द गरेर एक महिना छायामा राख्नुपर्छ।

महिना दिन जति त्यसरी सुकाएपछि केशरको फूलबाट सुगन्ध आउन सुरु गर्छ। बोतलबाट बाहिर निकालेपछि सुगन्ध हावामा फैलिन्छ।

विवेक भन्छन्, ‘केशरको एउटा फूलभित्र तीन वटा रेसा हुन्छन्। महँगो मूल्यमा बिक्री हुने त्यही रेसा हो।’

उनका अनुसार बहुमूल्य केशर वर्षमा एकपटक असोजको करिब दोस्रो सातादेखि कात्तिक अन्तिमसम्म फुल्छ। उत्पादन लिने त्यही साढे एक महिना जति हो।

विवेकको जानकारीमा भएअनुसार नेपालका उच्च हिमाली जिल्ला जुम्ला र डोल्पामा जमिनमा केशरीको खेती हुन सक्छ। ती जिल्लामा करिब ४० वर्ष अघिदेखि फाटफुट खेती हुने गरेको छ। नेपालका यी दुई जिल्ला र भारतको कस्मिरमा उत्पादन हुने केशर उच्च गुणस्तरीय मानिन्छ।

पूर्वका इलाम र अन्य केही जिल्लामा पनि केशरको खेती हुने गरेको छ तर साह्रै सानो परिमाणमा। केशरका लागि बलौटे दोमद माटो र गाईवस्तुको मल उपयुक्त मानिन्छ।

WhatsApp-Image-2024-10-28-at-14.10.07_429ccf53-1730777517.jpg
विवेकले भित्री मधेसको गर्मी ठाउँमा कृत्रिम वातावरण तयार गरेर केशरखेती थालेका हुन्। बिरुवाको विकासक्रम अनुसार केशरलाई अलगअलग वातावरण चाहिन सक्छ। विरुवा हुर्कंदै गर्दा, कोपिला लाग्दै गर्दा र फूल फक्रँदै गर्दा बिरुवाले फरकफरक वातावरण खोज्छ।

कहिलेकाहीं तापक्रम शून्य डिग्री सेल्सियससम्म पनि झार्नु पर्छ। कोठामा अनकूल तापक्रम बनाउन उनले चिलर राखेका छन्।

‘मैले केशरखेतीका लागि कोठाभित्र कृत्रिम वातावरण तयार पारेको छु। कृत्रिम वातावरण बनाएर मरुभूमिमा पनि केशरखेती गर्न सकिन्छ।’

विकेकले माटो प्रयोग गरेका छैनन्। माटोबिनाको ‘एरोपोलिङ’ प्रविधि अपनाएका छन्। भन्छन्, ‘एरोपोलिङ भनेको माटोबिना हावामा फुलाउने–फलाउने प्रविधि हो।’

उचित वातावरण निर्माण गरेर उत्पादन गरेको केशर गुणस्तरीय हुने विवेकको भनाइ छ।

उनका अनुसार जुम्लातिरका मानिसले केशर भनेर डुलाउँदै बेच्ने गरेको केशर निकै कमसल वा नक्कली हुन्छ।

केशर शक्तिवर्द्धक जडीबुटी हो। यसको उचित प्रयोगले मुटुको र कलेजोको रोग निको पार्न मद्दत पुग्ने विश्वास रहिआएको छ। कोलस्टेरल नियन्त्रणमा र आँखाको दृष्टि बढाउनमा पनि उपयोगी मानिन्छ।

प्रसवपीडा कम कर्म पनि केशर उपयोगी मानिन्छ। दूधमा केशर मिलाएर खुवाउँदा शिशु हृष्टपुष्ट हुने विश्वास छ।

विवेकले पाएको जानकारी अनुसार नेपालमा केशरखेतीको परीक्षण २०१९ सालमा मकवानपुरको टिष्टुङमा भएको थियो। त्यसपछि राजा वीरेन्द्रको निर्देशनमा २०४४ सालमा जुम्लामा यसको परीक्षण खेती सुरु भयो। त्यसपछि २०४६ सालमा डोल्पामा र २०४७ सालमा ललितपुरको गोदावरीमा केशरखेती सुरु भयो।

यसरी खेती सुरु भए पनि अपेक्षित लाभ हुन नसकेको विवेकले बताए।

WhatsApp-Image-2024-10-28-at-14.10.07_8a109125-1730777586.jpg
‘सन् २०१८ को तथ्यांक हेर्दा इरान लगायतका देशहरूबाट निकै ठूलो मात्रामा केशर आयात भएको फेला पारें,’ उनले भने, ‘नेपालमा केही उच्च हिमाली भेगमा प्राकृतिकरूपमा माटोमै खेती गर्न सम्भव भए पनि व्यावसायिक उत्पादन गर्न र फाइदा लिन सकेको देखिएन।’

नेपालमा कतै कुनै सम्भावना छैन भन्ने निराशाको कुरा गर्ने युवाहरूले केशर र यस्तै अन्य बहुमूल्य जडीबुटीको खेती गरेर राम्रो लाभ लिन सक्ने सम्भावना आफूले देखेको उनको भनाइ छ।

‘पहिला खेतीको जानकारी लिएर व्यावसायिक सम्भावना अध्ययन गर्नुपर्छ,’ विवेक भन्छन्, विदेशमा गएर गर्ने जति मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ। विदेशमा सिकेको सिप उपयोगबाट लाभ लिन सकिने ठाउँ धेरै छ।’

स्वदेशमा काम गर्न चाहने युवाका लागि राज्यले उपयुक्त वातावरण मिलाइदिनुपर्ने उनको धारणा छ।

घोरही उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दीपक पाण्डेले विवेकको केशरखेती धेरैपटक अवलोकन गरेका छन्। उनका अनुसार निकै कर्मठ र उत्साही युवा हुन्। घरको छतमा कृत्रिम वातावरण बनाएर बहुमूल्य वनस्पति केशरको खेती गर्नुले नयाँ सन्देश प्रवाह भएको उनले बताए।

पौडेल भन्छन्, ‘विवेकको मिहिनेत देखेर सबैले आश्चर्य मानेका छन्। नेपालमा केही हुँदैन, काम गर्ने वातावरण छैन भन्ने युवा जमातका लागि विवेक राम्रो उदाहरण हुन्।’

उनले विवेकको केशरखेतीको प्रवर्द्धन गर्न वडाले सहयोग गर्ने पनि बताए।

आखिर विवेकले केशरखेती नै रोज्नुको कारण के हो?

उनले विदेशबाट निकै ठूलो परिमाणमा केशर आयात हुने गरेको र बजार पनि राम्रो रहेको थाहा पाए। उनले केशरको बजार विश्वभर देखेका छन्। आफू कृषि विषयको विद्यार्थी भएकाले खास किसिमको सिप देखाउन पनि कृत्रिम वातावण बनाएर केशरखेती सुरु गरे।

केशर प्रतिग्राम एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्ममा बिक्री हुने उनको विश्वास छ।

यति महँगो केशरका उपभोक्ता को हुन्?

विवेकलाई उपभोक्ताको चिन्ता छैन। मुटुसम्बन्धी रोग र कोलस्टेरल बढी भएका व्यक्तिहरू यसका मुख्य ग्राहक हुन्। गर्भवती र सुत्केरीहरू पनि ग्राहक हुन्। विकसित मुलुकमा माग धेरै छ। उनलाई यस्ता ग्राहकहरूबाट अर्डर पनि आएको छ।

अहिलेसम्म कति लगानी भयो त?

अहिलेसम्म विवकको ३२ लाख रुपैयाँ खर्च भएको छ। उनी खेती विस्तार गर्ने योजनामा छन्। यसमा लगानी अझै बढ्नेछ। बैंकबाट ऋण लिएका छैनन्। बुबालाई मनाएर घरकै बचत रकम लगानी गरेका हुन्।

हालै उनले चार बिघा जग्गा लिजमा लिएका छन्। त्यसमा अन्य व्यावसायिक खेती गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज