घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको उम्मेदवारी
कैलाली- कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा गणेश भण्डारीले आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आउँदो चैत २३ गते हुने त्रिवि मातहत रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे भण्डारीले कामना टुडेसँग बताएका हुन् ।
बिगत लामो समय देखि विद्यार्थीका हक अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता भण्डारीले अखिल क्रान्तिकारीबाट स्ववियु सभापति पदमा उम्मेदवारी घोषण गरेका छन् ।भण्डारीले निर्वाचन जिते दबाब र प्रभावमा नपरि सत्य र न्यायका पक्षमा उभिने बताए । उनलेे आफ्नो प्यानललाई विद्यार्थीले निर्वाचनमा अमुल्य मतदान गरि विजय गराए नेता बनेर होइन विद्यार्थीको असल साथी (सहजकर्ता) को भूमिका खेल्ने कामना टुडेसँग बताए ।
त्यस्तै भण्डारीले हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने हुँदा घोडाघोडी बहुमुखी क्याम्पसको हरेक बिकासमा आफू लागिपरेको ...












