Advertisement

घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको उम्मेदवारी

Advertisement

कैलाली- कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा गणेश भण्डारीले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।  आउँदो चैत २३ गते हुने त्रिवि मातहत रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे भण्डारीले कामना टुडेसँग बताएका हुन् ।

बिगत लामो समय देखि विद्यार्थीका हक अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता भण्डारीले अखिल क्रान्तिकारीबाट स्ववियु सभापति पदमा उम्मेदवारी घोषण गरेका छन् ।भण्डारीले निर्वाचन जिते दबाब र प्रभावमा नपरि सत्य र न्यायका पक्षमा उभिने बताए । उनलेे आफ्नो प्यानललाई विद्यार्थीले निर्वाचनमा अमुल्य मतदान गरि विजय गराए नेता बनेर होइन विद्यार्थीको असल साथी (सहजकर्ता) को भूमिका खेल्ने कामना टुडेसँग बताए ।
त्यस्तै भण्डारीले हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने हुँदा घोडाघोडी बहुमुखी क्याम्पसको हरेक बिकासमा आफू लागिपरेको बताउँदै विद्यार्थीलाई एक चोटि अमुल्य मतदान गरि विजय गराउन समेत अनुरोध गरेका छन् । उनलेे विद्यार्थी भनेको आफैमा निर्णय लिन सक्ने क्षमता भएका जनशक्ति हुन्, क्याम्पसको हकहितका लागि कहिले पनि पछि नहट्ने छैन। विद्यार्थी र बिद्यालय एक अर्काका परिपुरक हुन विद्यार्थी बिना बिद्यालय र बिद्यालय बिना विद्यार्थीको परिकल्पना गर्न सकिँदैन त्यसैले विद्यार्थी र बिद्यालयको हकहितको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
चैत्र २३ गते हुने स्ववियु निर्वाचन केवल एक औपचारिक प्रक्रिया होइन, यो हाम्रो शैक्षिक भविष्य सुरक्षित गर्ने क्रान्तिकारी अवसर हो।

भण्डारीको चुनावी एजेन्डा
भण्डारीले आफूले स्ववियु जिते सस्तो, गुणस्तरीय, र पहुँचयोग्य शिक्षा बनाउन तर्फ लाग्ने बताए ।
यस्तै छात्रवृत्ति, पुस्तकालय, खेलकुद, र प्राविधिक साधनहरूको सहज उपलब्धता तथा मनपरी शुल्क वृद्धि, प्रशासनिक ढिलासुस्ती, र अन्यायविरुद्ध सशक्त संघर्श
गर्ने उनको भनाइ छ ।

किन हुन सकेन चैत ५ गते स्ववियु निर्वाचन

चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेको घोडाघोडी क्याम्पसमा अब चैत्र २३ गते निर्वाचन हुने भएको हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय मातहत रहेको सो क्याम्पसमा मतदाता नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन स्थगित गरिएको थियोे ।
क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा निर्वाचन प्रकृया रोकिएको थियो ।
समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिएका थिए ।
तर निर्वाचन स्थगितको सूचना आए लगत्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज