Advertisement

घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको उम्मेदवारी

Advertisement

कैलाली- कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा गणेश भण्डारीले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।  आउँदो चैत २३ गते हुने त्रिवि मातहत रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे भण्डारीले कामना टुडेसँग बताएका हुन् ।

बिगत लामो समय देखि विद्यार्थीका हक अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता भण्डारीले अखिल क्रान्तिकारीबाट स्ववियु सभापति पदमा उम्मेदवारी घोषण गरेका छन् ।भण्डारीले निर्वाचन जिते दबाब र प्रभावमा नपरि सत्य र न्यायका पक्षमा उभिने बताए । उनलेे आफ्नो प्यानललाई विद्यार्थीले निर्वाचनमा अमुल्य मतदान गरि विजय गराए नेता बनेर होइन विद्यार्थीको असल साथी (सहजकर्ता) को भूमिका खेल्ने कामना टुडेसँग बताए ।
त्यस्तै भण्डारीले हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने हुँदा घोडाघोडी बहुमुखी क्याम्पसको हरेक बिकासमा आफू लागिपरेको बताउँदै विद्यार्थीलाई एक चोटि अमुल्य मतदान गरि विजय गराउन समेत अनुरोध गरेका छन् । उनलेे विद्यार्थी भनेको आफैमा निर्णय लिन सक्ने क्षमता भएका जनशक्ति हुन्, क्याम्पसको हकहितका लागि कहिले पनि पछि नहट्ने छैन। विद्यार्थी र बिद्यालय एक अर्काका परिपुरक हुन विद्यार्थी बिना बिद्यालय र बिद्यालय बिना विद्यार्थीको परिकल्पना गर्न सकिँदैन त्यसैले विद्यार्थी र बिद्यालयको हकहितको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
चैत्र २३ गते हुने स्ववियु निर्वाचन केवल एक औपचारिक प्रक्रिया होइन, यो हाम्रो शैक्षिक भविष्य सुरक्षित गर्ने क्रान्तिकारी अवसर हो।

भण्डारीको चुनावी एजेन्डा
भण्डारीले आफूले स्ववियु जिते सस्तो, गुणस्तरीय, र पहुँचयोग्य शिक्षा बनाउन तर्फ लाग्ने बताए ।
यस्तै छात्रवृत्ति, पुस्तकालय, खेलकुद, र प्राविधिक साधनहरूको सहज उपलब्धता तथा मनपरी शुल्क वृद्धि, प्रशासनिक ढिलासुस्ती, र अन्यायविरुद्ध सशक्त संघर्श
गर्ने उनको भनाइ छ ।

किन हुन सकेन चैत ५ गते स्ववियु निर्वाचन

चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेको घोडाघोडी क्याम्पसमा अब चैत्र २३ गते निर्वाचन हुने भएको हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय मातहत रहेको सो क्याम्पसमा मतदाता नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन स्थगित गरिएको थियोे ।
क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा निर्वाचन प्रकृया रोकिएको थियो ।
समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिएका थिए ।
तर निर्वाचन स्थगितको सूचना आए लगत्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ ।
•

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज