बालमन्दिर विद्यालयमा अभिभावक–शिक्षक बृहत अन्तरक्रिया सम्पन्न
उत्तमकुमार थापा, बझाङ
बझाङ जिल्लाको चैनपुरस्थित बालमन्दिर आधारभूत विद्यालयमा अभिभावक र शिक्षकबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शैक्षिक बहस, विद्यालयको गतिविधि, विद्यार्थी सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा खुला छलफल गरिएको थियो।
सुदूरपश्चिम प्रदेशको नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तर सुधार गरिरहेको छ। सरकारी विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको समयमा पनि बालमन्दिर आधारभूत विद्यालयमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
जयपृथ्वी नगरपालिकामात्र होइन, जिल्ला स्तरीय शैक्षिक उपलब्धिमा समेत अग्रणी रहेको विद्यालयले स्थानीय सरकारद्वारा लिइएको परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएको हो।
विद्यालयका शिक्षकहरू अनुशासनमा विशेष ध्यान दिने गरेका छन्। समयमै विद्यालय नआएका विद्य...












