Advertisement

हाम्रो बारेमा

देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम र कोशीमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, सुदूरपश्चिम र कोशीमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भागमा पनि केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ। आज राति कोशी, कर्णाली र सुदूरपश्चिमसहित अन्य पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। रातिको समय पनि केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

सदरमुकाम चैनपुरबाट अवैध सामग्री बोकेको ट्रक गन्तव्यतर्फ हिँड्नै लाग्दा नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— जिल्लाको सदरमुकाम चैनपुरबाट अवैध रूपमा विभिन्न सामग्री बाहिर लैजान खोजिएको एक ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको संयुक्त टोलीले आज साझ चैनपुरस्थित एक गोदामबाट गन्तव्यतर्फ लैजाँदै गर्दा पुरानो बसपार्क क्षेत्रबाट मल्ल सप्लायर्सको  ना. १ ख १५१५ नम्बरको  ट्रकलाई नियन्त्रणमा लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) सत्यकुमारी जोशीका अनुसार ट्रकमा न्यून गुणस्तरको मदिरा, ड्यु, ट्युबर, ठेल्ला, सुकुटी लगायतका सामग्री राखिएको थियो। प्रहरी स्रोतका अनुसार, बरामद सामग्रीको परीक्षण र स्रोत पहिचानका लागि आवश्यक अनुसन्धान सुरु गरिएको छ। गोदाम सञ्चालक र संलग्न व्यक्तिहरूबारे पनि खोजी भइरहेको जनाइएको छ। जिल्ला प्रशासनले यस्ता अवैध कारोवारविरुद्ध निगरानी कडा पारिएको बताएको छ।...
मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

मष्टा गाउँपालिका वाडा न -४ मा विकास र पारदर्शिताको संयोजन: अध्यक्ष एवं प्रवक्ता उत्तम जोशी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
बझाङ, मष्टा – मष्टा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता उत्तम जोशीको नेतृत्वमा स्थानीय स्तरमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढिरहेका छन्। सुशासन, पारदर्शिता र जनउत्तरदायित्वमा विशेष जोड दिँदै जोशीले वडा र गाउँपालिकाको दुबै तहमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। अध्यक्ष जोशीको नेतृत्वमा वडा नं. ४ मा पछिल्लो दुई वर्षमा सडक विस्तार, योजना, शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, तथा कृषि प्रवर्द्धन जस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन्। शिक्षा क्षेत्रमा, विद्यालय भवन मर्मत, शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययनलाई प्रेरणा दिइएको छ। स्वास्थ्य क्षेत्रमा, नियमित स्वास्थ्य शिविर, सुत्केरी भत्ता वितरण, र औषधि सहज पहुँचको लागि स्थानीय स्वास्थ्य चौकी सशक्त बनाइएको छ। कृषिमा, किसानलाई उन्नत बीउ, मल र प्रविधिमैत्...
खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

खप्तड छेडेदह गाउँपालिकामा एम्बुलेन्स र जेसिभीको पूजा सम्पन्न, सेवा विस्तारमा नयाँ गति

Breaking News 2, ताजा अपडेट, दैनिक, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
बाजुरा — बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज एक विशेष समारोहका साथ नयाँ एम्बुलेन्स र जेसिभी (JCB) को पूजा तथा उद्घाटन सम्पन्न गरिएको छ। गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यी दुई महत्वपूर्ण सवारी साधन सञ्चालनमा ल्याएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विधिपूर्वक पूजापाठ गरी एम्बुलेन्सलाई स्वास्थ्य सेवा तथा जेसिभीलाई भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालनमा ल्याइएको घोषणा गरियो। गाउँपालिका अध्यक्ष दिल बहादुर रावत ले कार्यक्रममा बोल्दै भने, "हामी गाउँपालिकालाई आत्मनिर्भर, सुव्यवस्थित र सेवा–मुखी बनाउन लागि परेका छौं। आजबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्सले दुर्गम बस्तीका नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहज पहुँच दिनेछ ...
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने देखिएको छ। अन्य प्रदेशका उच्च पहाडी र हिम...
दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

दार्चुलामा हावाहुरीले विद्यालयको छाना उडाएको दुई वर्ष, मर्मत अझै बाकी

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जिल्लाको शैल्यशिखर नगरपालिका–७ मा रहेको भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन हावाहुरीले उडाएको छाना दुई वर्षसम्म मर्मत नहुँदा गम्भीर रूपले प्रभावित बनेको छ। विद्यालय भवनको छाना, ढोका र झ्याल विहीन अवस्थाले बालबालिकालाई सुरक्षित र सहज वातावरणमा पढ्न नदिएको स्थानीयको गुनासो छ। दुई वर्ष अगाडि हावाहुरीले विद्यालयको छाना उडाएपछि हालसम्म मर्मत सम्भार हुन नसकेको हो। सम्बन्धित निकायबाट आवश्यक बजेट विनियोजन नहुँदा समस्या झनै चुलिएको विद्यालय प्रशासनले जनाएको छ। कक्षा कोठामा डेस्क–बेञ्चको समेत अभाव हुँदा बालबालिकाहरू कार्पेटमा बसेर पढ्न बाध्य छन्। “विद्यालयमा न त बस्ने कुर्सी छ, न छाना, न त ढोका नै। बच्चाहरू असुरक्षित र कष्टकर अवस्थामा पढिरहेका छन्,” एक अभिभावकले भने। विद्यालय २०६८ सालमा स्थापना भएको हो। हाल विद्यालयमा कक्षा ३ सम्म पढाइ हुँदै आएको छ। कागजमा विद्यार्थी संख्या ३४ जना रहे...
विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

विद्युत् लाइन काटिएपछि अछामका बालबालिका सडकबत्तीको उज्यालोमा पढ्न बाध्य

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना गाउँमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि बालबालिकाहरू सडकको सोलार बत्तीको सहारामा पढ्न बाध्य भएका छन्। स्थानीय विद्युत् समितिले ४२ लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेपछि प्राधिकरणले करिब ६६५ घरधुरीको लाइन काटेको हो। स्थानीय स्तरमा विद्युत् व्यवस्थापनका लागि गठन गरिएको समितिले नेपाल विद्युत् प्राधिकरणसँग तीन महिनाको करार सम्झौता गरी वितरण गर्दै आएको थियो। सम्झौता अनुसार ग्राहकले प्रतियुनिट १५ रुपैयाँ तिर्ने, जसमध्ये १२ रुपैयाँ प्राधिकरण र ३ रुपैयाँ समितिका कर्मचारी खर्चमा छुट्याउने सहमति थियो। बत्ती मात्र बाल्ने ग्राहकका लागि भने मासिक २५० रुपैयाँ लिने व्यवस्था गरिएको थियो। तर, प्राधिकरणको टीओडी मिटरमा देखिएको वास्तविक खपतअनुसार महसुल उठ्न नसक्दा समिति घाटामा गयो र बक्यौता ४२ लाख पुगेपछि प्राधिकरणले विद्युत् सेवा बन्द गर्‍यो...
अदानचुलीमा विकासको गति: अध्यक्ष मोहन बिक्रम सिंहको नेतृत्वमा पूर्वाधार विस्तार

अदानचुलीमा विकासको गति: अध्यक्ष मोहन बिक्रम सिंहको नेतृत्वमा पूर्वाधार विस्तार

समाचार
हुम्ला, अदानचुली — कर्णाली प्रदेशको अति दुर्गम जिल्लामध्ये एक हुम्ला, जहाँ विकासका आधारभूत सुविधाहरू पुर्‍याउन अझै पनि चुनौतीपूर्ण मानिन्छ। यस्तै भूगोलमा अवस्थित अदानचुली गाउँपालिकामा पछिल्लो समय विकासका संकेतहरू देखिन थालेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मोहन बिक्रम सिंह गाउँपालिका अध्यक्ष बनेसँगै यहाँ विकासको ढोका खुलेको स्थानीयवासीहरूको भनाइ छ। अध्यक्ष सिंह हाल नेपाली कांग्रेस हुम्ला जिल्ला सभापतिसमेत रहेका छन्। ठुलो पार्टीको नेतृत्वकर्ता भएका कारण पनि संघीय र प्रदेश सरकारसँग समन्वय गर्न सजिलो भएकाले विकास कार्यमा तीव्रता आएको बताइन्छ। अदानचुली गाउँपालिकामा हाल ६ वटा वडा रहेका छन्। तीमध्ये पाँच वडामा सडक सञ्जाल पुगिसकेको छ भने बाँकी एक वडामा पनि छिट्टै सडक पुग्ने तयारी भइरहेको छ। अध्यक्ष सिंहको पहलमा करिब १० किलोमिटर कर्णाली करिडोर मुख्य सडक खण...
देशभर बदली मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर बदली मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- मनसुनी वायुको प्रभावका कारण कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहँदा अन्य प्रदेशहरूमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण नदीहरूको जलस्तर बढ्ने, गग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको सम्भावना रहेको हुँदा महाश...
इलाममा ट्रक र मोटरसाइकल ठोक्किँदा बझाङका मदन र जाजरकोटकि सिर्जनाको मृत्यु

इलाममा ट्रक र मोटरसाइकल ठोक्किँदा बझाङका मदन र जाजरकोटकि सिर्जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आइतबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ। प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले झापाबाट इलामतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार बझाङको बित्थडचिर गाउँपालिका–१ निवासी २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोटको छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी गम्भीर घाइते भएका थिए। उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल लगिएकोमा दुबैको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए।...
सुदूरपश्चिम सरकार केबुलकार सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम सरकार केबुलकार सम्भाव्यता अध्ययन गर्ने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू खप्तड, बडीमालिका, मालिकार्जुन शिखर, सिगसधाम, रमारोशनलगायत क्षेत्रमा केबुलकार निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटमा यसका लागि विनियोजन गरिएको हो। बजेटअनुसार बडीमालिकामा पर्यटन पूर्वाधार निर्माणका लागि सात करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रको जालपादेवी केबुलकार परियोजना निर्माण कार्य गत पुसदेखि सुरु भइसकेको छ, जसको लागत झन्डै चार अर्ब ४१ करोड रहेको छ। पर्यटन प्रवर्द्धनका लागि ‘बाँकावीर पर्यटन प्रवर्धन’ कार्यक्रम सञ्चालन गरिनेछ। चुरे क्षेत्रमै प्याराग्लाइडिङ, बर्दगोरिया क्षेत्रमा पर्यटकीय पूर्वाधार र कञ्चनपुरको ब्रह्मदेशमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गरिनेछ। त्यस्तै, पर्यटन सहायता केन्द्रहरू नाका क्षेत्रमा स्थापना गरिने छन्। खेलकुदतर्फ ...
धनगढीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु, ३० जना युवालाई लक्षित

धनगढीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु, ३० जना युवालाई लक्षित

समाचार
धनगढी, असार ८ – राष्ट्रिय युवा संघ नेपाल र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ धनगढीमा सुरु भएको छ। विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका क्षेत्रमा युवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सात दिने तालिम सुरु गरिएको हो। तालिम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव  अरुण कुँवरको समन्वयमा सञ्चालित छ। तालिमको पहिलो दिन आज सशस्त्र प्रहरी बल, ३४ नम्बर गण नेपाल, कैलालीको परिसरमा विविध विषयमा व्यवहारिक प्रशिक्षण दिइयो। उद्घाटन कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जितले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तथा कैलाली जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर हमाल उपस्थित थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज