Advertisement

साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

Advertisement

बझाङको साइपाल गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले दुर्गाथलीस्थित मदन भण्डारी बाल आश्रमलाई नगद तथा सामग्रीसहित करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

प्रवक्ता धामीले आश्रममा आश्रित विपन्न तथा असहाय बालबालिकाको हेरचाह, शिक्षा र दैनिक आवश्यकतामा टेवा पुगोस् भन्ने उद्देश्यले रु १४,००० नगद र बाँकी रकम बराबरको खाद्यान्न तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।

अध्यक्ष तथा प्रवक्ता धामीले समाजका असाहाय बालबालिकाप्रति सबैको उत्तरदायित्व रहेको उल्लेख गर्दै, यस्ता संस्थाहरूप्रति उनीहरू पनि सिक्नुपर्ने र सक्रिय रूपमा सहयोग गर्नुपर्ने सन्देश दिएका छन् । बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण छ,” धामीले भने, हामी सबैले सामूहिक रूपमा सक्दो सहयोग गरेर उनीहरूको जीवन उज्यालो बनाउनुपर्छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका धामीले यसअघि पनि विभिन्न ठाउँमा विपद् पीडित, विद्यालय, अपांगता भएका व्यक्तिहरू र स्वास्थ्य संस्थाहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्। उहाँको यस्तो सेवाभाव र समर्पणले उनलाई समुदायमैत्री नेता बनाएको छ । मदन भण्डारी बाल आश्रमका प्रतिनिधिहरूले अध्यक्ष तथा प्रवक्ता धामीप्रति आभार व्यक्त गर्दै, यस्ता सहयोगहरूले आश्रमका बालबालिकामा हौसला र आत्मबल थपिएको बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज