Advertisement

हाम्रो बारेमा

धनगढीमा लागू औषध सहित दार्चुलाकि एक युवती पक्राउ

धनगढीमा लागू औषध सहित दार्चुलाकि एक युवती पक्राउ

समाचार
कैलालीको धनगढीमा लागूऔषधसहित दार्चुलाकी एक युवती पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दार्चुलाको महाकाली नगरपालिका–४ की २१ वर्षीया आरती धामी पक्राउ परेकी हुन्। धामीलाई २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कैलाली प्रहरीले बताएको छ।...
गौरिगङ्गा नगर पालिका पुर्ण खोप घोषणा

गौरिगङ्गा नगर पालिका पुर्ण खोप घोषणा

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
२२ असार मसुरियाकैलाली, गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषाल प्रमुख अतिथि कार्यक्रम गरिएको थियो । पुर्ण खोप सुनिश्चितता घोषणा राष्टि्य निति अनुसार गौरीगंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि ...
‘वडा सदस्य नजित्नेहरू पदाधिकारी बने’

‘वडा सदस्य नजित्नेहरू पदाधिकारी बने’

दैनिक, मुख्य समाचार, समाचार
पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको बताएका आलेले वडाध्यक्षसमेत नजित्ने मानिसहरू पदाधिकारी बनेको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ? त्यही देखेर मैले बहिष्कार गरेको हुँ,’ उनले भने। उनी एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए। असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गरेको थियो। उनी बिहीबार भारतबाट स्वदेश फर्केका थिए। पार्टी गठन गर्ने, व्यापार गर्ने काम भयो, म हिजो भारतबाट फर्किएँ। यो पार्टीसँग मेरो कुनै साइनो सम्बन्ध रहेन,’ उनले भने। उनले जनताबाट निर्वाचित प्रतिनिधि भएकाले स्वतन्त्र हैसियतमा रहँदा पनि फरक नपर्ने बताए। आले डोटीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।...
बेलायतका प्रधानमन्त्रीले दिए राजिनामा

बेलायतका प्रधानमन्त्रीले दिए राजिनामा

अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६५० सिटमा अहिलेसम्म लेबर दलले ४१० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ । बेलायतमा सरकार बनाउन ३२६ सिट चाहिन्छ ।बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् । सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म ११९ सिट मात्र जितेको छ । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् । उनले स्टार्मरलाई फोन गरेर जितको लागि बधाई पनि दिएका  थिए ।सुनक र स्टारर दुवैले आ–आफ्नो सिटमा जित हात पारेका छन् । सुनकले रिचमण्ड र नर्थलर्टन सिट जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्रीका उम्मेदवार कीर स्टार्मरले लन्डनको होलबोर्न र सेन...
रास्ट्रपतिका छोरा जर्मनको जङ्गल नाङै फेला

रास्ट्रपतिका छोरा जर्मनको जङ्गल नाङै फेला

समाचार
अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीरेन्द्रले गरेको जर्मन भ्रमणपछि राष्ट्रपति पौडेल ३८ वर्षपछि त्यहाँ पुग्नुभएको हो । त्यहाँको बसाई, भेटघाट र खानपान सबै राम्रा भए । तर, भ्रमणका सम्पूर्ण तालिकालाई बिर्साउने गरी उहाँ फर्किने दिन बर्लिन विमानस्थलमा छोरा चिन्तन पौडेलले देखाएको अस्वाभाविक गतिविधि देखेर नेपाली त लज्जित भए नै, जर्मन सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पनि जिब्रो टोक्ने अवस्थामा पुगे ।राति राजदूत रामकाजी खड्काको निवासमै बसेका राष्ट्रपतिपुत्र चिन्तनले त्यहाँ राति के खाए वा के–के भयो भन्ने कुरा त अहिलेसम्म बाहिर आएको छैन । तर, अघिल्लो दिनसम्म राम्रो व्यवहार, बोलिसहित पेश भएका उनी बुबा रामचन्द्रसहित...
ररास्ट्रपतिका छोरा जर्मनको जङ्गलमा नाङै फेला

ररास्ट्रपतिका छोरा जर्मनको जङ्गलमा नाङै फेला

अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
अन्तर्राष्ट्रिय श्रम संगठनको ११२ औं अधिवेशनमा भाग लिन जेठ ३० गते स्विट्जरल्याण्ड पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेल असार १ गतेदेखि त्यताबाटै जर्मनीको औपचारिक भ्रमणमा जानुभयो । राष्ट्रप्रमुखको हैसियतमा सन् १९८६ मा राजा वीरेन्द्रले गरेको जर्मन भ्रमणपछि राष्ट्रपति पौडेल ३८ वर्षपछि त्यहाँ पुग्नुभएको हो । त्यहाँको बसाई, भेटघाट र खानपान सबै राम्रा भए । तर, भ्रमणका सम्पूर्ण तालिकालाई बिर्साउने गरी उहाँ फर्किने दिन बर्लिन विमानस्थलमा छोरा चिन्तन पौडेलले देखाएको अस्वाभाविक गतिविधि देखेर नेपाली त लज्जित भए नै, जर्मन सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पनि जिब्रो टोक्ने अवस्थामा पुगे । राति राजदूत रामकाजी खड्काको निवासमै बसेका राष्ट्रपतिपुत्र चिन्तनले त्यहाँ राति के खाए वा के–के भयो भन्ने कुरा त अहिलेसम्म बाहिर आएको छैन । तर, अघिल्लो दिनसम्म राम्रो व्यवहार, बोलिसहित पेश भएका उनी बुबा रामचन्द्रसहित...
कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कलम बम मेमोरियल स्कुल एसईइ परिक्षामा लगातार तेस्रो पटक सर्वोत्कृष्ट नतिजा ल्याउदै घोडाघोडी नगरपालिका प्रथम बन्न सफल

कैलाली, दैनिक, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
२०८१ असार २१ गते शुक्रबारकैलाली जिल्ला को मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल स्कुल ले लगातार तेस्रो पटक एसईइ परिक्षामा घोडाघोडी नगरपालिका प्रथम हुँदै स्वर्णिम इतिहास कोर्न सफल भएको छ । बिधालय मा पठनपाठन गराउने शिक्षाक शिक्षिका र बिधालयमा अध्यनरत बिद्यार्थी को मेहनत र अभिबाभकको साथ सहयोगले आफुहरु यो इतिहास ३ पटक घोडाघोडी नगरपालिका प्रथम हुँदै इतिहास रच्न सफल भएको बिधालयका प्रीन्सिपल फाउन्डर युवराज बमले बताएका छन् । उनले सर्वोत्कृष्ट नतिजा सहित विद्यालयको नाम नगरपालिका मै उच्च स्थानमा राख्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई विद्यालय परिवार हार्दिक धन्यवाद सहित आगामी दिनमा उत्तरोत्तर प्रगतिको अशेष शुभकामना व्यक्त गर्नु भएको छ । अनुशासित, संस्कारवान र परिश्रमी विद्यार्थी तथा लगनशील शिक्षकहरुको थलोको रुपमा आफ्नो पहिचान स्थापित गरेको यो विद्यालय...
गृहमन्त्री लामिछानेलाई ‘मार्गप्रशस्त’ गर्न एक न्यायाधीशको आदेश, अर्काले भने ‘निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू’

गृहमन्त्री लामिछानेलाई ‘मार्गप्रशस्त’ गर्न एक न्यायाधीशको आदेश, अर्काले भने ‘निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू’

दैनिक, मुख्य समाचार, समाचार
सहकारीमा भएको अनियमिततामा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका एक न्यायाधीशले उनले निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन गृह मन्त्रालयबाट हट्नुपर्ने आदेश दिएकी छन्। त्यस्तै, अर्की न्यायाधीशले सहकारी ठगीको जाहेरीमा निष्पक्ष ढंगले अनुसन्धान गर्न दिनू/दिलाउनू भनी लामिछानेका नाममा आदेश गरेकी छन्। यसरी दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा तीन जना न्यायाधीश संलग्न सर्वोच्चको बेन्चले हेर्नेछ। विभिन्न सहकारीको अनियमिततामा रवि लामिछाने विरूद्धका जाहेरीमा निष्पक्ष छानबिन गर्न दिनू भन्ने राय न्यायाधीश सपना मल्ल प्रधानले दिएकी हुन्। 'सहकारी ठगीजस्तो मुद्दामा पीडितको न्यायको हक, कानुनको सर्वोच्चता, मानव अधिकारको मूल्य मान्यता र दण्डहीनताको अवस्थाप्रति अदालत सधैं गम्भीर हुन्छ,' मल्लको आदेशमा भनिएको छ, 'आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई सह...
धनगढीको सिपी अस्पतालले असार २२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

धनगढीको सिपी अस्पतालले असार २२ गते शनिबार रक्तदान कार्यक्रम गर्ने

समाचार
धनगढी । धनगढीको सिपी अस्पतालले रक्तदान कार्यक्रम गर्ने भएको छ । असार २२ गते शनिवार चटकपुर स्थित अस्पताल प्रांगणमा विहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ । पछिल्लो समय धनगढीमा रगतको अभाव देखिएकाले अस्पतालको पहलमा रक्तदान कार्यक्रम गरि केही राहत पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्न लागिएको अस्पताल प्रशासन प्रमुख हेम जोशीले बताए । विभिन्न संघ सस्थाँ हरु नेपाल फर्मास्युटिकल्स एसोसियसन , NMSRA , मिडिया पार्टनर कामना टेलिभिजन को सहकार्यमा आयोजना गरिने रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, लगायत अन्य इच्छुक व्यक्तिहरुले रक्तदान गर्ने अपेक्षा गरिएको छ । साथै अस्पतालले उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो पवित्र दान गर्न सम्पुर्ण मा अनुरोध गरेको छ । सिपी अस्पतालले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । अस्पतालले सुदूरपश्च...
बझाङ प्रहरीकाे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ प्रहरीकाे नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ : समुदाय साझेदारी कार्यक्रम मार्फत जिल्ला प्रहरी कार्यालय बझाङले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । आज जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला समन्वय समितिकाे सभाहलमा कार्यक्रम सञ्चालन भएको हाे । जनसमुदाय र प्रहरी विचकाे साझेदारी र प्रहरीले याे ३ महिनामा गरेका कामहरुकाे पन्तका प्रतिफल बारे जानकारी गराउनु भएको थियाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भरतबहादुर शाहले अहिलेसम्म प्रहरीले नागरिककाे विचमा खेलेको भुमिका र बालविवाह बहुविवाह महिला हिँसा सम्वन्धि सञ्चालन गरेको कार्यक्रम बारे जानकारी गराउनु भएको हाे ।प्रस्तुति गरिएकोमा हाल सम्म बझाङ जिल्लामा प्रहरीनागरिक सुनुवाइ कार्यक्रम प्रहरीले ३२ ठाउँमा काम गर्नु पर्ने भएको छ भने जम्मा प्रहरी सँख्या ३८३ दर्वन्दी रहेकोमा हाल सम्म जिल्ला ३६३ जना मात्र उपस्थिति रहेको बताउनु भयाे । समुदाय साझेदारी कार्यक्रम शान्तिपूर्...
बेनी–जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

बेनी–जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

दैनिक, मुख्य समाचार, समाचार
म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ। सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो। सडक अवरूद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौंसम्म जाममा पर्ने गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। ‘रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुवारी र अन्नपूर्णको गुइठेभिरको पहिरो बर्खायामको सुरुआतसँगै सक्रिय भएका छन्,’ बुधबार बेनीदेखि पोखरेबगर जाने क्रममा ६ घन्टा बैसरीको लाममा फसेका उनले भने, ‘अन्नपूर्णको नौलीबगर, खामभित्ता, तितर, रुप्से, काभ्...
बृक्षाराेपण कार्यक्रम सम्पन्न

बृक्षाराेपण कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङमा "वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल , दलित सहयोग समाज र सब-डिभिजन बन कार्यालय बागथालाको सहकार्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएकाे छ । आज वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र दलित सहयोग समाज द्वारा साझेदारी संचालित पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाको अन्तर्गत भु- संरक्षण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हाे । केदारस्यु गाउँपालिका वडा नम्बर २ को कोटिगाउ र ओखडगाउमा भेटिभर घाँस र अन्य बनस्पती बिरुवा रोपण गरिएको पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजनाका फिल्ड अधिकृत रमेश मालिले बताउनु भयाे । साथै उहाँले कार्यक्रमको मुख्य उद्देश भु-क्षय, पहिरो नियन्त्रण गर्ने , जलवायू परिवर्तनलाई न्यूनीकरण गर्ने, उत्पादन समुहको आम्दानी वृद्धि गर्ने, साथै कृषी खेतिबालिमा लाग्ने किरा नियन्त्रण गर्नु का साथै माटोको उर्वरतामा वृद्धि गर्नु हो । भेटिवर बिरुवा एक फाईदा अनेक भएकाले गत बर्ष प...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज