आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता गौरिगंगाकि मनिषालाई सम्मान
२०८१ श्रावण ०९ गते बुधबारभुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ । कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृहनगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् ।
भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो । नेपाललाई पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियर तर्फ –६८ किलोमा निशान तामाङ, त्यसैगरी यू–२१ को –८४...












