Advertisement

हाम्रो बारेमा

आफ्ना कुरा राखेर संसद अवरोध हटाउँछौं : हितराज पाण्डे

आफ्ना कुरा राखेर संसद अवरोध हटाउँछौं : हितराज पाण्डे

ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने भएको छ । ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्नेमा छौं । तर प्रधानमन्त्री विदेश भ्रमणमा जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौ’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने । उनका अनुसार माओवादीले आफ्नो कुरा राखेर संसद अवरोध हटाउने छ । ‘हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’, पाण्डेले भने ।...
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट आज प्रस्तुत हुदै

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट आज प्रस्तुत हुदै

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट आज सोमबार आउने भएको छ ।   चालू आर्थिक वर्ष २०८१/०८२ सुरु भएको दुई महिनापछि आज सरकारको बजेट प्रदेश सभामा पेस हुने कार्यसूची रहेको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको बजेट कार्यक्रम पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ । अघिल्लो सरकारले असार १ गते पेस गरेको बजेट छलफल नै नभएर अलपत्र परेको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ६२ करोडको बजेट प्रदेश सभामा पेश गरेको थियो । सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नभएर निस्क्रिय भएपछि दुई महिनादेखि सुदूरपश्चिम प्रदेश बजेटबिहीनताको अवस्थामा छ । वर्तमान सरकारले राजस्व संकलन गर्न अध्यादेश ल्याए पनि खर्च गर्ने विनियोजन विधेयक नहुँदा खर्च गर्न सकेको छैन । प्रदेश सरकारले आज प्रदेश सभामा पेश गर्ने बजेट करिव ३० अर्ब हारा...
रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । ‘४० वटा सहकारीमध्ये एक ...
सुनको मुल्यमा गिरावट, तोलामा पाँच सय घट्यो

सुनको मुल्यमा गिरावट, तोलामा पाँच सय घट्यो

मुख्य समाचार, समाचार
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा ५ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।...
अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्प फ्लोरिडा गोल्फ कोर्समा भएको सम्भावित हत्या प्रयासबाट सुरक्षित रहेको र एक जना सम्भावित आक्रमणकारी हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । अधिकारीहरूका अनुसार गुप्तचर सेवा एफबीआइका एक जना एजेन्टले गोल्फ कोर्समा रहेको झाडीबाट एउटा राइफलको नाल बाहिर निस्किरहेको देखेपछि गोली प्रहार गरेका थिए । ट्रम्प त्यतिबेला सो झाडीबाट करीब २७५ देखि ४५५ मिटर टाढा रहनु भएको थियो । गोली प्रहारपछि प्रत्यक्षदर्शीहरुले एक जना व्यक्ति कालो निशान गाडीमा भागिरहेको देखेका थिए । पछि सुरक्षा अधिकारीहरुले उक्त व्यक्तिलाइ आफ्नो नियन्त्रणमा लिएका थिए । आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू सुरक्षित र राम्रो रहेको बताउनु भएको छ । पेन्सिल्भेनियाको एक र्‍यालीमा एक जना बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको लगभग दुई महिनापछि यो घटना भएको ह...
सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट अअज प्रस्तुत हुँदै

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट अअज प्रस्तुत हुँदै

कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट आज सोमबार आउने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ सुरु भएको दुई महिनापछि आज सरकारको बजेट प्रदेश सभामा पेस हुने कार्यसूची रहेको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको बजेट कार्यक्रम पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ । अघिल्लो सरकारले असार १ गते पेस गरेको बजेट छलफल नै नभएर अलपत्र परेको थियो । तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ३१ अर्ब ६२ करोडको बजेट प्रदेश सभामा पेश गरेको थियो । सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नभएर निस्क्रिय भएपछि दुई महिनादेखि सुदूरपश्चिम प्रदेश बजेटबिहीनताको अवस्थामा छ । वर्तमान सरकारले राजस्व संकलन गर्न अध्यादेश ल्याए पनि खर्च गर्ने विनियोजन विधेयक नहुँदा खर्च गर्न सकेको छैन । प्रदेश सरकारले आज प्रदेश सभामा पेश गर्ने बजेट करिव ३० अ...
प्रधानमन्त्री ओलिले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलिले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ।  ‘हिंसा’ शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो। गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो। संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद् अवरुद्ध गरेको थियो। अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।...
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं : सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।...
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

Breaking News 1, दैनिक, मुख्य समाचार, समाचार
गृहपृष्ठ प्रिमियम स्टोरी राजनीति बजार अर्थतन्त्र विचार नेपाली ब्रान्ड समाज कला ब्लग खेलकुद ग्लोबल कभर स्टोरी प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने Skywell सेतोपाटी संवाददाता सेतोपाटी संवाददाता काठमाडौं, भदौ ३१ gibl 54 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button British Tata box 1 संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो बस्दैछ। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउनेछन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका जाँदैछन्। यद्यपि माओवादी केन्द्रले सदनको अवरोध जारी राख्ने निर्णय गरेको छ। गत भदौ १२ गते नेकपा (एमाले)का सांसद योगेश भट्टरा...
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

Breaking News 2, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ कायम भएको छ ।...
Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँगकार्यक्रम सम्पन्न

Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँगकार्यक्रम सम्पन्न

Breaking News 1, दैनिक, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
SPS Core Team सुदूरपश्चिम प्रदेशको आयोजनामा बुढीगंगा नगरपालिका बाजुरामा Finland- Nepal Peace Education Partnership मा 2250 Discussion Event अन्तर्गतको Youth Empowerment विषयमा स्थानीय सरकारसँग स्थानीय तहमा रहेका विभिन्न विधालयका विधार्थिहरु तथा स्काउट ट्रुपमा आबद्ध बालबालिकाको सहभागितामा १ दिने अन्तर्क्रिया कार्यक्रम मिति २०८१ भाद्र २७ गते सम्पन्न भएको छ । Core Team लिडर श्री पुुस्कर अवस्थीको सभाअध्यक्षता, नगर प्रमुख तथा स्थानिय संरक्षक श्री राम बहादुर बानियाँ, विशिष्ट अतिथि नगर उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट श्री माया खड्का कुवँर, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापा, प्रदेश तालिम दल सदस्य श्री चेतराज जैशी, प्रदेश परिषद् सदस्य श्री विनोद बहादुर बोहरा, श्री तोयराज जोशी, बुढीगंगा नगरपालिका स्थानीय प्रमुख आयुक्त श्री देवराज जोशी, त्रिवेणी स्थानीय प्रमुख आयुक्त ...
सुरु भयो धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा

सुरु भयो धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ। आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो। ६ वटा बसबाट नगर बस सेवा सुरू गरिएको छ। उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ। असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ। नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन्। धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ। धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए। उनले करिब ७ किलो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज